(Character: The most valuable Asset of human life)
ब्रह्माकुमार माधव तिमिल्सेना
चरित्र– शाव्दिक अर्थमा आचरण,चाल–चलन वा सदाचार
सद्विचार एवं सत्कर्मको एकता नै चरित्र हो । जसले आफ्ना इच्छाहरुलाई नियन्त्रण गरी ती इच्छाहरुलाई सत्कर्मको रुप दिन सक्छ त्यही व्यक्ति चरित्रवान मानिन्छ । संयम इच्छा शक्तिबाट प्रेरित सदाचार नै चरित्र हो । केही वैज्ञानिकहरुले चरित्रलाई व्यक्तित्व (Personality)नैतिकता (Morality) या स्वभाव (Temparament) वा यी तीनवटैको समायोजन भनेका छन् । Oxford Learner’s Dictionary मा चरित्रको परिभाषा यसरी गरिएको छ– Character /ˈkærəktər/ ” All the qualities and features that make a person, groups of people, and places different from others” सबै गुणहरु वा विशेषताहरु जसले व्यक्ति, अन्य मानिसहरुको समूह तथा स्थानहरु अरुभन्दा फरक बनाउँछ ।
विश्व विख्यात अमेरिकन विचारक बेली ग्राहम Billy Graham को भनाइमा When wealth is lost, nothing is lost; when health is lost, something is lost; when character is lost, all is lost.
जब सम्पत्ति हराउँछ, केही पनि हराउँदैन जब स्वास्थ्य हराउँछ, केही हराउँछ, जब चरित्र हराउँछ, सबै हराउँछ । यसको भावार्थ हो कि धन–दौलत वा स्वास्थ्य पुनस्र्थापित गर्न सकिन्छ तर एकपटक गुमेको चरित्र जतिसुकै मूल्य चुकाए पनि पूर्ववत् स्थितिमा ल्याउन सम्भव छैन । समस्त मानव जीवनको सार हो उसको चरित्र ।
तर हामी देख्दैछौ कि वर्तमान समय धनको बोलवाला छ, चरित्र नभएपनि केही हुँदैन भन्ने निकृष्ट विचारले आजको समाज कुहिरोमा हराएको कागझैँ अल्झिरहेको छ । डा.ओरीसन स्वेट मार्डेन Dr. Orison Swett Marden भन्छन्– ‘संसारमा यस्ता व्यक्तिको आवश्यकता छ, जो धन आर्जनका लागि आफैले आफैलाई बेच्दैनन, जसको नशा–नशामा इमान्दारिता हुन्छ । जसको भित्र सत्यताको दीपक हुन्छ, जो कठीन कार्य देखेर हिच्किचाउँदैनन् ।
आफ्नो नाम प्रतिष्ठाको लागि विना प्रचार साहसपूर्वक कार्य गर्छन् । मेरो दृष्टिमा त्यस्ता व्यक्ति नै वास्तवमा चरित्रवान हुन् ।’ त्यसैगरी कारमाइकेलका अनुसार चरित्र एक गतिशील धारण हो, जुन व्यक्तिको दृष्टिकोण एवं व्यवहारिक विधिको पूर्ण योग हो । नोवेल पुरस्कार विजेता विश्व विख्यात कवि, साहित्यकार एवं दार्शनिक रविन्द्रनाथ टैंगोर भन्छन्– प्रतिभा (क्षमता) भन्दा पनि उच्च स्थान छ चरित्रको । लोकमान्य तिलकले भनेका छन्– संसारमा त्यही व्यक्तिले नै उन्नति प्राप्त गर्न सक्छ जो सत्चरित्रवान छ ।
संस्कृत श्लोक चरित्रको महत्व यसरी दर्शाईएको छ– विदेशेषु धनं विद्या, व्यसनेषु धनं मतिः। परलोके धनं धर्म, शीलं सर्वत्र वै धनम् ।। विदेशमा विद्या धन हो,संकटमा बुद्धि धन हो, परलोकमा धर्म धन हो भने शील (सुन्दर चरित्र) सर्वत्र धन हो । जसरी घर निर्माणका लागि एउटा एउटा ईट्टाको महत्व छ त्यसैगरी चरित्र निर्माणमा पनि एक एक विचारको स्थान रहेको हुन्छ । त्यसैले आफ्नो विचारलाई शुद्ध एवं श्रेष्ठ वनाऔं । यसैमा सर्वको कल्याण समाहित छ ।
उत्कृष्ट चरित्र मानव जीवनको कसी हो । यदि मनुस्य निर्धन छ, अधिक विद्धान छैन, शक्ति प्रभुत्ता सम्पन्न छैन भनेपनि जीवनको उपयोगिता तथा महत्वमा कमी आउँदैन तर यी सवैबाट सम्पन्न भएर पनि मानव चरित्रवान छैन भने त्यही व्यक्ति समाजको कलंक वा अभिशाप वा दुःखी एवं मलीन हुन्छ । उत्तम विचार भएको व्यक्ति समाजको एउटा गहना हो । चरित्र एक बहुमूल्य सम्पत्ति हो, अन्य सम्पति भन्दा महान । अरु सम्पत्ति त अस्थायी छन् परन्तु चरित्ररुपी सम्पति मनुस्य जीवनका लागि अमूल्य निधि हो ।
जीवनका स्थायी सफलताको आधार सूत्र हो, मनुस्यको चरित्र । व्यक्ति, परिवार राष्ट्रको समृद्धि एवं विकास हाम्रो चारित्रिकस्तरमा निर्भर गर्दछ । चारित्रिक हीनताले शक्ति, समृद्धि तथा दिगो विकासमा विचलन हुन्छ ।
The best character is one of human life. If a person is poor, does not have much knowledge, is not endowed with power, then the usefulness and importance of life does not diminish, but if he is endowed with all these, then he is not human character, then the same person becomes a stigma or curse of society or sad and dirty. A person with good ideas is a jewel of society. Character is a valuable asset, greater than any other asset. Other assets are temporary, but character assets are an invaluable resource for human life. The basis of lasting success in life is the character of man. The prosperity and development of the individual, the family and the nation depends on our character level. Characteristic inferiority leads to deviation in power, prosperity and sustainable development.
‘सर्वजनहिताय’ एक आदर्श चरित्र हो । कुनै क्रियाको कारण व्यक्तिमा हुने प्रतिक्रिया भावनाले सम्वन्ध राख्दछ । भावनाको संवेगमा नियन्त्रण राखिएन भने आवेग, क्रोध र हिंसा जस्ता दुष्प्रवृतीहरुको शिकार भईन्छ । कुनैपनि क्रियामा हुने आफ्नो प्रतिक्रियालाई सन्तलन राख्नका लागि व्यक्तिमा सहिष्णु र सहनशील हुन जरुरी छ । यसका लागि मनको शशक्तिकरणको आवश्यकता पर्दछ,जुन नियमित राजयोग अभ्यास र आद्यात्मिक जागृतीबाट संभव छ ।
वर्तमान विज्ञानको समुन्नत युगमा पनि सत्यनिष्ठा र चारित्रिक मूल्यमा आएको ह्रासले भयावह खतराको संकेत दिइरहेको छ । निःसन्देह भौतिक उन्नति र प्रगतिको तीब्र दौडमा मानिस असीमित ढंगले अगाडि बढिरहेको छ । साथै विकासको यस युगमा तनाव, चिन्ता, भय,त्रास, दिक्दारी, निराशा र हत्या हिंसाको संस्कृतिमा समेत परिवर्तन भएको छ । मानिसको मन र शरीरलाई आराम, सन्तुलन र व्यवस्थित गर्न नैसर्गिक रूपमा प्राप्त निद्रा समेत छिनिएको छ ।
अझ सुविधा सम्पन्न विकसित मुलुकहरू मात्र हैन हामै्र देशमा समेत आपसी सम्बन्ध विच्छेदका घटनाक्रम बृद्धि हुनुका साथै युवाहरूमा आत्मघाती घटना बढिरहेका छन् । हत्या, हिंसा, बलात्कार, पापाचार, अपहरण, लडाई, युद्ध, बमबारीका घटना दिनहुँ अति वृद्धि भइरहेको तथ्य सबैका सामु छर्लङ छ ।
गहिराईसँग अध्ययन गर्दा यी सबै प्रकारका घटनाको मूल कारण मानिस बढीभन्दा बढी भौतिकवादी हुनु र आध्यात्मिकतालाई वास्ता नगर्नु नै हो भन्दा आपत्ति नहोला । आजको मनुस्यले पवन,अग्नि,जल तथा पृथ्वीलाई आफ्नो नियन्त्रणमा लिने क्षणिक प्रयास गरेको देखिएपनि जित्न सकेको छैन । मनुस्यको चाहाना चन्द्रमासम्म पुग्ने सिंढी हो । यस संसारमा केही चिजको अभाव छैन परन्तु एक चरित्र, दिव्य वुद्धि अथवा धर्म हराएको छ ।
मनुस्य ईश्वरबाट विमुख छन अर्थात विपरित बुद्धिवाला छन् जसले विनाश निम्त्याइरहेको छन् । यस संसारलाई “रावण–राज्य” भन्दा अतिशयोक्ति न होला । हामी उन्नतिको शिखरमा छौ वा अवनतीको गर्तमा छौ ? आत्म चिन्तन वा आत्म विश्लेषण गर्ने बेला भएको छ । ईश्वरनिष्ठा नहुनुले समाज विनाशको मार्गमा अभिप्रेरित भइरहेको छ ।
There is nothing lacking in this world but a character, divine wisdom or religion is missing. Man is alienated from God, that is, he has the opposite wisdom, which is causing destruction. It would not be an exaggeration to call this world “Ravan-Rajya”. Are we at the peak of progress or at the pit of decline? It is time for self-reflection or self-analysis. Lack of godliness is leading to the destruction of society.
आध्यात्मिकताले जीवनको चौतर्फी सञ्चालनमा लचिलो तत्वको रुपमा काम गर्दछ । भौतिक सम्पन्नता र प्रगति हुनुहँुदैन भन्ने मनसाय कदाचित् होइन । मानिसका आवश्यकता आपूर्तिका अतिरिक्त धन दौलतको प्रचुरता, वस्तु वैभवको भरपूरता हुनु राम्रो पक्ष हो । तर यी सबैको सही र अनासक्त भावले प्रयोग गर्नका लागि भने आध्यात्मिक जागृतिका साथ संयम, नियम र मर्यादाको परिधिभित्र रही उपभोग गरेमा दिगो सुखकारी हुनेछ । अन्यथा समस्या र जटिलताले झन् झन् उग्रता र कठोरता प्राप्त गर्दैै जानेछ ।
हामीे सबैले महसुस गरेको कुरा हो कि विज्ञानले गति दियो तर सही दिशा दिन सकेन । आपसी स्नेह, विश्वास, सहयोग एवं सुसंवादिताको स्थानमा वैरभाव, संघर्ष, अस्वस्थ प्रतिस्पर्धा, हिंसा, तनाव जस्ता नकारात्मक भाव र स्वभावले सामाजिक जीवनमा अशान्ति, भय तथा चौतर्फी असुरक्षाको वातावरण सिर्जना गरिरहेको छ । अद्यात्म र विज्ञान एक अर्काको दुश्मन नभै परिपूरक हुनुपर्दछ ।
धर्म, अद्यात्म र विज्ञान परस्पर विरोधी होइनन् सहयोगी हुन भन्ने कुरा अलवर्ट आइन्टाइनको यो भनाइबाट स्पष्ट हुन्छ ‘science without religion is lame and religion without science is blind ‘ अर्थात धर्म विनाको विज्ञान लङगडो हुन्छ भने विज्ञानविनाको धर्म अन्धो हुन्छ । वास्तवमा आध्यात्मिक मूल्यले मानिस भित्रको शाश्वत मूल्य, गुण र शक्तिहरू सशक्त र सक्रिय हुन पुग्दछन् भने कमजोर र नकारात्मक कुराहरू मेटिंदै जान्छन् । साथै परमात्मा स्मृतिमा रहेर मन, बुद्धि, संस्कार र चित्तको शुद्धिका लागि ध्यान योग गर्नमा बल दिन्छ ।
आध्यात्मिकता आफ्नो जिम्मेवारीहरुलाई सन्तुलन बनाइराख्ने कला हो । कर्मको गहन गतिको ज्ञानले हाम्रो श्रेष्ठ विचार, शुद्ध भावना, श्रेष्ठ कर्मको आधारमा सर्व समस्याहरुको समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । आध्यात्मिक व्यक्ति अभय हुन्छ । अविनाशी आत्माको अनुुभूतिले व्यक्ति मृत्युुको भय र त्रासबाट मुुक्त हुुन्छ साथै अवश्यम्भावी मृत्युुको निश्चिन्त भावले सामना गर्न तत्पर रहन्छ ।
एक आध्यात्मिक व्यक्ति परम्परा एवं कर्मकाण्डहरुको घेरावदेखि माथि उठेर स्वतन्त्र मस्तिष्कले त्यसभित्रको निहित सत्यको अन्वेषण गर्दछ । ऊ आत्म–अनुशासित, अहिंसक, पवित्र र संयमी हुन्छ । आध्यात्मिकता मनको अन्तरयात्रा, मनका सुन्दर विचाररुपी मोतीहरुसँग खेलिने खेल हो । साथै सकारात्मकताको क्षितिजमा उडान भर्ने विमान हो । अर्को शब्दमा भन्नुपर्दा उद्देश्यमूलक तथा अर्थपूर्ण जीवन जिउने कला हो आध्यात्मिकता ।
ब्रह्माकुमारीज संस्थाको मूल उद्देश्य समाजमा मूल्य शिक्षा र आद्यात्मिक ज्ञान तथा सहज राजयोगको अभ्यासले समाज उत्थान अथवा चरित्र निर्माण गर्नु हो । समुन्नत एवं मूल्यनिष्ठ समाजको स्थापनाका लागि प्रत्येक व्यक्ति मन, वचन र कर्मले पवित्र रही चरित्रवान वन्नु अपरिहार्यता छ । स्व–परिवर्तन नै विश्व–परिवर्तनको आधार हो भन्ने मान्यता तथा विश्वास ब्रह्माकुमारी ईश्वरी विश्व विद्यालयमा व्यवहारिकरुपमा देख्न सकिन्छ ।
देह–अभिमानबाट आत्मीयताको चमक समाप्त हुन्छ । धन तथा वस्तु प्राप्तिको चाहनाले व्यक्तिलाई सीमा पारको दानव बनाइदिन्छ । दयालाई दाउ लगाएर दौलत जम्मा गर्ने दम्भ भेटिन्छ त्यहाँ । दैहिक लगावले काम वासनाको ज्वार पैदा गर्दछ । वलात्कार, फेशन अपहरण तथा दैहिक शोषणको गर्मीको मूल कारण हो मूल्यमा गिरावट तथा आद्यात्मिकताको अवमूल्यन । हाम्रो सच्चा शान त स्वमान र रुहानियतमा छ ।
भनिन्छ– ‘सादगी वन्यो श्रृंगार, ऐनाको भयो हार’ । त्यसैले चरित्र एक मजवुद चट्टान हो, जसमाथि अडिक व्यक्ति अजेय तथा महान बन्छ । सेवा, दया, परोपकार, उदारता, त्याग, शिष्टाचार र सद्व्यवहार आदि चरित्रका वाह्य अंग हुन् । त्यसैगरी उत्कृष्ट चिन्तन, नियमित व्यवस्थित जीवन, शान्त गम्भीर मनोभूमि चरित्रका परोक्ष अंग मानिन्छन् । हाम्रो विचार, इच्छा, आकांक्षा आचरणका आधारमा हाम्रो चरित्र निर्धारण हुन्छ । उत्तम चरित्रले जीवनलाई सही दिशा निर्देशित गर्दछ भने चरित्रहीनताले पथभ्रष्ट बनाउँदै पतन एवं विनाशको खाडलमा धकेल्दछ ।
हामी धनवान व्यक्तिको महिमा गर्छौ, हामीमा नेताको चाकडी वा मुख ताक्ने बानी छ तर चरित्रवान सदाचारी व्यक्तिलाई कम महत्व दिइरहेका हुन्छौं । यही सबैभन्दा ठूलो सामाजिक विकृति हो । चरित्र मानव जीवनको निंव हो, जसबाट हरेक समस्याको समाधान निहित छ । चरित्र बल संसारको सबैभन्दा सर्वोत्तम खम्वा हो ।
Our character is determined by our thoughts, desires, and aspirations. The best character guides life in the right direction, while lack of character leads astray and pushes it into the abyss of fall and destruction. We glorify the rich man, we have the habit of looking at the leader’s whip or face, but we are giving less importance to the virtuous person of character. This is the biggest social distortion. Character is the foundation of human life, from which lies the solution to every problem. Character strength is the best pillar in the world.
संसारमा अनन्त सम्पदाहरुको मालिक भएर पनि कोही चरित्रहीन छ, त्यही व्यक्ति हरेक अर्थमा विपन्न मानिन्छ । आजको विज्ञान प्रविधिले भरिपूर्ण व्यवस्थामा भ्रष्टता मौलाउनुको पछाडि नैतिक मूल्यमा गिरावटको परिणाम हो । सहज मानवीय भावना, मूल्य एवं चारित्रिक जागृति तथा उत्थानले अराजकपूर्ण वातावरणलाई सुसंस्कृत एवं गौरवमय अवस्थाको सिर्जना गर्न सकिन्छ । यस मानव जीवनमा चरित्र नै अमर उपलब्धि हो । समाजको सिर्जनशील गति बदल्ने क्षमता केवल चरित्रवान व्यक्तिबाट मात्र आशा गर्न सकिन्छ । उच्च चरित्र भएको मनुस्य नरबाट नारायण र नारीबाट लक्ष्मी बन्नेमा कुनै सन्देह रहँदैन ।
प्रशिद्ध वैज्ञानिक एवं कवि वेन्जामिन फ्राङ्कलीन Benjamin Franklin को रचना यहाँ सान्दर्भिक हुनसक्छ भनी पाठक समक्ष राख्ने प्रयास गरेको छु– “For the want of a nail the shoe was lost,For the want of a shoe the horse was lost,For the want of a horse the rider was lost,For the want of a rider the battle was lost,For the want of a battle the kingdom was lost,And all for the want of a horseshoe-nail.”
घोडाको टापमा भएको किल्ला निस्कनुको कारण एउटा घोडा बेकार भयो, उसको कमीको कारण एउटा घोड सवार योद्धा बेकार भयो, योद्धाको कमी हुनुले युद्धमा पराजित हुनपर्ने अवस्था आयो, हार हुनुको परिणाम राज्य गुम्यो । सोचौं एउटा सामान्य किल्लाको अभावमा यति ठूलो नोक्सानी व्यहोर्नुप¥यो । त्यसैगरी आज एक चरित्र अथवा सत्य धर्म वा ईश्वरमा निष्ठा नहुनुको कारण विज्ञान प्रदत्त सबै प्रकारका साधन निकम्पा अर्थात सांसारिक सुख खोक्रो भएको छ । बस्तु, वैभव मान–प्रतिष्ठाले सम्पन्न हुँदै गर्दा आजको मानव चिन्तित दुःखी र निरास भएको छ र उसको आत्मालाई सञ्चा शान्ति प्राप्त हुन सकिरहेको छैन । संसारको यस वास्तविक इतिहासको उन्नति वा अवनतीको अद्भूत कहानीलाई जानेर एक अविस्मरणीय शिक्षा लिनु आवश्यक छ ।
अब निकट भविष्यमा कलियुग जाँदैछ र स्वर्णीम सत्ययुगको यस बसुन्धरामा आगमन हुँदैछ । समय चक्र, प्राकृतिक विपत्ति, आणविक प्रतिस्पर्धा, मानिसमा हराउँदै गएको विश्वास, गृह कलहका साथै स्वास्थ्य विज्ञानसमेत असफल हुँदै गएको विश्व भयभीत पार्ने भाइरस आदि महाविनाशका कारक तत्वहरु जुन युग परिवर्तनका संवाहक हुन् । मानिसले यस धर्तीमा अति गरिसक्यो । धर्ती आमा अत्यन्तै बिछिप्त भइसकेको अवस्था छ । मानव रक्षाका खातिर सेवा गर्ने आमालाई हामीले निरन्तर अत्याचार गर्दै रह्यौं ।
हाम्रो अतिको पनि सीमा नाघिसक्यौ । अतिको अन्तिम विन्दु भनेको अन्त्य हो । विज्ञान र प्रबिधि जुन सुखका साधन र मानिसको कल्याणका लागि हुनुपर्नेमा तिनीहरु नै मानव वंशनाशका कारक तत्व बनेका छन् । त्यसैले हामीले पवित्रता, शान्ति, प्रेम, आनन्द एवं शक्ति आत्मका आन्तरिक गुण हुन् भन्ने कुरा बिर्सनु हुँदैन । त्यसैगरी समयको प्रवाहसँगै हामी अति भौतिकवादी हुनुको कारण भ्रष्ट बन्यौ यो पनि स्मरणमा राख्नु त्यत्तिकै आवश्यक छ ।
साथै आत्माका मौलिक आद्यात्मिक गुणहरु परमात्मा पितासँगको स्नेहपूर्ण स्मरण (याद) बाट जागृत गर्न सकिन्छ भन्ने विषय निकै गहन छ, यसलाई समेत ध्यान दिनुपर्नेमा सर्तकता अपनाउने र गुमेको पवित्रता फेरि स्थापित गर्न पुरुषार्थ गर्नुपर्ने बेला आइसकेको छ । हाम्रो चारित्रिक अवनतीको कारण विज्ञानद्वारा यो संसार नरक वन्न गयो भन्दा अन्यथा नहोला । जबसम्म समयको पुकारलाई हामीले आत्मसात गर्न सक्दैनौ ।
परमात्मा शिव पिताको यस भू–मण्डलमा अवतरण भैसकेको र राजयोगको शिक्षाद्वारा विश्व नवनिर्माणको कार्य भइरहेको विश्वास गरी उहाँले दिनुभएको शिक्षालाई व्यवहारिक जीवनमा अपनाउनुको विकल्प छैन । आत्मबल, मनोबल वा नैतिक बल नै हाम्रो अन्तिम हतियार हुन् । अन्य कुनै बाहुवल, विज्ञान बल, शस्त्र बल वा त्यस्तै अरु कुनै शक्ति वा ताकतले हामीलाई बचाउन सक्ने छैनन् । होशियार संसारको सर्वश्रेष्ठ मानव ! विकास तथा विनाश दुवैको जिम्मेवार अरु कोही छैन, हामी स्वयं हौ । सावधान महाविनाशभन्दा पहिला नै आफ्नो गुमेको सुख शान्ति र सम्पन्नता भरिपूर्ण सुखमय संसार यस धर्तीमा ल्याउने अभियानमा सहभागी बनौं ।
Self-strength, morale or moral strength is our ultimate weapon. No other arm, science force, weapon or any other force or force can save us. The best human in the smart world! Be Alert ÛNo one else is responsible for both development and destruction, we are ourselves. Be careful, take part in the campaign to bring your lost happiness, peace and prosperity to this earth even before the catastrophe.
आऔं हामी जुटौं र आफूले आफैलाई सुधारौं । आफैसँग भीष्म प्रतिज्ञा गरौं कि चरित्र हाम्रो गलाका हार र जीवनको श्रृंगार बन्न सकोस् । चरित्र हाम्रो सर्वस्व हो, चरित्र नै मानव जीवनको अतुलनीय सम्पत्ति हो । यसैको आधारमा टेकेर पुनः विश्वको सुन्दर नवनिर्माणको शुभारम्भ गर्ने समय भैसक्यो । उठ मानव ! उजेली भैसक्यो । विनाश लीला हेर न आइसक्यो ।
ओम शान्ति !!
लेखक डिभिजन वन कार्यालय, दाङका अधिकृत एवं ब्रह्माकुमारीज संस्थामा आवद्ध एक आद्यात्मिक अभियन्ता हुन् ।