हिमाल महरा
घोराही, २६ जेठ । घोराही उपमहानगरपालिका–१४ झिगौरामा रहेको नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा बस्ने अपांगहरुलाई भण्डारी परिवारलो खाद्यान्न सहयोग गरेको छ ।
घोराही उपमहानगपालिका–४ निवासी प्रशुराम भण्डारी, भोजराज भण्डारीे (संचालक सिटी स्पोटस घोराही) र माधा भण्डारीले १२ हजार मुल्य बराबरको चामल, तेल, नुन, दाल, आलुु, प्याज, सावुन, मन्जन, र्हलिसलागात खाद्यान्न सहयोग गरेका छन ।
भण्डारी परिवारले संघका कोषाध्यक्ष बसन्तराज भट्ट र सदस्य शिब घर्ती मगरलाई हस्तान्तरण गरेका थिए । सेवा नै धर्म हो भन्ने उद्देश्यले आफुहरुले सहयोग गरेको भोजराज भण्डारीले बताएका छन ।
सहयोग गर्ने भण्डारी परिवारलाई केन्द्रका कोषाध्यक्ष बसन्तराज भट्टले धन्यवाद ज्ञापन गरेका थिए । उनले सहयोगीदाताहरुलाई केनद्रमा बस्ने अपांगहरुलाई सहयोग गर्न समेत आग्रह गरेका थिए ।