दाङ,२६ जेठ । घोराही उपमहानगरपालिका–५ मा वडा अध्यक्षसहित १०९ जनाका स्वाव संकलन गरिएको छ । भारतसँगै नेपालका विभिन्न जिल्लाहरुबाट फर्किएर क्वारेन्टाइनमा बसेका १०९ जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।
१०९ मध्य भारतबाट फर्किएका ८१ जनाको पिसिआर परिक्षणका स्वाव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको वडा अध्यक्ष बिष्णुमणि दाहालले जानकारी दिएका छन् । बाँकी नेपालका विभिन्न जिल्लाहरुबाट घरफर्किएका २८ जनाको आडिटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको छ ।
उनीहरुलाई कोरोनाको जोखिम रहेकाले सामाजिक दुरी कायम राखेर परिवारमा बस्न आग्रह गरिएको वडा अध्यक्ष दाहालले जानकारी दिएका छन् ।