दाङ २६ जेठ । ग्वारखोलामा नदीजन्य पदार्थको उत्खन्नमा वेथिती भएका छ । मापदण्डविपरित भएको उत्खन्नले खोलामा झण्डै २ मिटरसम्मका गहिरा खाडल छन् ।
जिल्ला अनुगमन समितिले जेठ २२ मा नदीजन्य पदार्थमा प्रयोग भएका मेसिनहरु रोक्न भनेर सवै पालिकाहरुमा पत्रचार गरेपनि त्यो समेत तुलसीपुर उपमहानगरपालिकाले कार्यान्वयन गरेको छैन । सिचाइ कुलाको मुहान क्षेत्रमा समेत जथाभावी उत्खनन् भएको छ । ति क्षेत्रबाट ठेक्का, अमानत र विकास प्राधिकरणको नाममा नदीजन्य पदार्थको काम भैराखेको छ ।
यसैविच खोलामा भैराखेको उत्खन्नको जिल्ला अनुगमन तथा समन्वय समितिले अनुगमन गरेको छ । जिल्ला अनुगमन तथा समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा गएको अनुगमन टोलीले ग्वारखोला क्षेत्रमा भैराखेको नदीजन्य पदार्थको अनुगमन गरेको हो । ‘खोलामा वेथिती नै छ । मापदण्ड विपरित नै उत्खनन् भएको फेला पारेका छौ’ अनुगमन समितिका संयोजक नेपालीले भने ।
उनका अुनसार उत्खन्न क्षेत्रको नापजाँच गरेर थप प्रक्रिया अगाडि बढाइने बताए । उपमहागरपालिकाले फोरलेन सडक निर्माणको लागि अनुमति माग गरेपनि त्यो फोर लेन भन्दा क्रशर उद्योगमा समेत नदीजन्य पदार्थ गएको जिल्ला अनुगमन समितिले जनाएको छ ।

अनुगमनमा अनुगमन समितिका सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सदस्य गोविन्द प्रसाद रिजाल, डिभिजन वन कार्यालय घोराहीका प्रमुख तथा अनुगमन समिति सदस्य दिपक ज्ञवाली, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिववहादुर सिंह, समन्वय अधिकारी तथा अनुगमन समितिका सदस्य सचिव सावित्रा पुन थापा लगायतको सहभागिता थियो ।
अनुगमनमा तुलसीपुर उपमहानगरपालिका जनप्रतिनिधि र कर्मचारीको पनि सहभागिता थियो । केहीदिन पहिले समितिले तुलसीपुर उपमहागरपालिकाको पातुखोलामा पनि अनुगमन गरेको थियो । अनुगमनमा सो क्षेत्रमा पनि वेथिती मापदण्डविपरित नदीजन्य पदार्थको उत्खनन् गरिएको थियो ।