प्रतिष्ठानमा करिव ४ हजार स्वाव परीक्षणको प्रक्रियामा

दाङ,२४ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षणका लागि करिव ४ हजार व्यक्तिको स्वाव प्रक्रियामा रहेका छन् । दाङसहित छिमेकी जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिको करिव ४ हजार स्वाव प्रतिष्ठानमा परीक्षणको प्रक्रियामा रहेको छ ।

जेठको २५ गते आइतवारसम्म प्रतिष्ठानमा कोरोना परीक्षणका क्रममा ३ हजार नौ सय २५ व्यक्तिको स्वावहरु प्रक्रियामा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् ।

उनीहरु मध्य दाङसहित बाँके, प्यठान,सल्यान,रोल्पा,पूर्वी रुकुम,प्यठान, कपिलबस्तुलगायतका जिल्लाहरुबाट आएको स्वाव भएको प्रतिष्ठानले जनाएको छ ।

उनका अनुसार प्रतिष्ठानले आइतवारसम्म ४ हजार ७ सय २५ जनाको स्वाव परिक्षण गरेको छ । जसमा एक सय ५४ जनाको रिपोर्ट पोजिटिभ आएको निमित्त कायम मुकाय रजिष्ट्रार देवले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानमा स्वाव परीक्षण गरिएका ४ हजार ५ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानमा हालसम्म ८ हजार ६ सय ५० जनाको स्वाव संकलन गरेको छ । प्रतिष्ठानले गएको जेठको १३ गतेदेखि कोरोना परीक्षणको काम सुरु गरेको हो ।