दाङ दुई जना थपिए, रोल्पामा पहिलो पटक पुग्यो

दाङ, २५ जेठ । दाङमा थप दुई जनाका कोरोना संक्रमण देखिएको छ । घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा घोराही र लमही नगरपालिकामा दुई जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु मध्य घोराही उपमहानगरपालिका–१९ का २४ वर्षिय र लमही नगरपालिका–५ का २७ वर्षिय गरेर दुई पुरुषहरु रहेको मा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायममुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् । थपिएको दुई जनासहित दाङमा संक्रमित हुनेको संख्या ७६ पुगेको छ ।

त्यसै गरी रोल्पामा पहिलो पटक कोरोना पुष्टि भएको छ । प्रदेश नम्बर ५ को रोल्पामा अहिलेसम्म कोरोना पोजेटिभ देखिएको थिएन । प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा रोल्पाको सुनिल स्मृति गाउँपालिकाका तीनजनामा कोरोना पोजेटिभ देखिएको छ ।

सुनिल स्मृति गाउँपालिका–६ का २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । आइतवार नै नेपालगंजको भेरी अस्पतालमा गरिएको परिक्षणका क्रममा सुनिलस्मृति गाउँपालिकाका थप दुई जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरी प्रतिष्ठानमा प्यठानको सरुमारानी गाउँपालिका–२ निवासी १९ बर्षीय पुरुष र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–१ निवासी ४० बर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।