देवी भण्डारी
हापुरे, २५ जेठ । बबई गाउँपालिकामा स्वास्थ्यकर्मी, जनप्रतिनिधिसहित ६१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
जस मध्य क्वारेन्टाइनमा बसेका ४१ जना र २० जना स्वास्थकर्मी तथा जनप्रतिनिधिहरु रहेको बबई गाउँपालिका कोरोना फोकल पर्शन शरदराज गिरीले जानकारी दिएका छन् । ४१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहलाई घर पठाईएको छ ।
बबई गाउँपालिकामा थप १ सय ५९ जनाको आज स्वाव संकलन हुँदैछ । बबई गाउपालिका ३ जनता माध्यामिक हंसपुरमा रहेकाहरुको आइतवार स्वाव संकलन गर्न लागेको बबई गाउपालिका स्वास्थ शाखाले जनाएको छ ।
क्वारेनटाईन मै रहेका अन्य ४ जनाको आरडिटी परिक्षण गरिएकोमा ४ जनाको नै रिपोर्ट नेगेटिभ आएको फोकल पर्शन गिरीले जनाएका छन् । बबई गाउपलिकाको क्वारेनटाईमा अव ५ सय १८ जना रहेका छन् ।