दिप्तीशिखा चौधरी
दंगीशरण,२५ जेठ । दंगीशरण गाउँपालिकाका दुई क्वारेन्टाइनबाट ६३ जनाको स्वाव सङ्कलन गरिएको छ ।
बिरेन्द्र माधयामिक विद्यालयको क्वारेन्टाइनमा रहेका ३२ जना र श्रीपृथ्वी जनता माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका ३१ जनाको स्वाव सङ्कलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिएका छन् ।
दंगीशरण गाउँपालिकाका दुई क्वारेन्टाइनमा भर्ना भएका अहिलेसम्म पिसिआर विधिबाट चेकजाँच गराएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख गिरीले बताए ।
विरेन्द्र माध्यामिक विद्यालयको क्वारेन्टाइनमा अहिले ४९ जना र सिद्ध पृथ्वी जनता माध्यामिक विद्यालयमा ५४ जना गरि १ सय ३ जना रहेका छन् ।