दाङ,२४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार चार सय ४८ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।
नयाँ संक्रमित मध्य २०९ जना पुरुष र ४ जना महिला रहेका छन् ।
नेपालमा कोरोना संक्रमित मध्य चार सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन ।
जसमा तीन सय ९९ जना पुरुष र ६८ जना महिलाहरु रहेका छन । हालसम्म नेपालमा हालसम्म ९६ हजार २०५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।