दंगीशरणमा किसानलाई उन्नत जातका कुखुरा

दिप्तीशिखा चौधरी
दंगीशरण, २५ जेठ । दंगीशरण गाउँपालिका पशु शाखाले किसानलाई उन्नत जातका कुखुरा वितरण गरेको छ । आर्थिक बर्ष २०७६÷०७७ को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्र्तगत गाउँपालिकाका विपन्न किसानहरुलाई कुखुरापालन सहयोग पु¥याउने उद्देश्यले कुखरा वितरण गरेको हो ।

पालिकाका सात वटै वडाका किसानहरुलाई न्यु हेम्पसायर ब्ल्याक अस्ट्रालप जातका कु्खुरा वितरण गरेको पशु शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिएका छन् । वडामा रहेका दुई दुई वटा समुहलाई सात वटै वडाका १४ वटा समुहका किसानहरुलाई वितरण गरिएको हो ।

एक समुहका दश र अर्को समुहका दश गरि २० जना कृषकहरुलाई कुखुरा उपलब्ध गराएको हो । कार्यक्रमअन्तर्गत प्रत्येक किसानलाई १० वटा कुखुरा उपलब्ध गराएको पशु शाखा प्रमुख आचार्यले जानकारी दिए ।

कुखुरासंगै कुखुराका लागि रियोलाईट २ सय ग्राम, भिटामिक्स ३० एमएल, एम्प्रोभिट के. ३० ग्राम, डक्सी एन बोलस ५६० एम जी, पिप्रालिभ ३० एमएल र कुखुराको दाना प्रतिव्यक्ति ५ किलो दिएको उनले बताए ।

लकडाउँनको समयमा किसानहरु कुखुरा खरीद गर्न नसकेपछि पशु कार्यालयले किसानहरुको मागलाई मध्यनजर गर्दै कुखुरा वितरण गरेको हो । कुखुरा वितरणका अवसरमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले कृषिबाट आत्मनिर्भर भएका कृषकहरुले माग गरेपछि पालिकाले यो कार्यक्रमलाइ अगाडि बढाएको बताएका छन ।

कुखुरा वितरण कार्यक्रममा वडा न. ३ का वडा अध्यक्ष पुर्णबहादुर चौधरी, पशु शाखाका एकराज सुवेदी, हितराम चौधरीलगायतको उपस्थीति रहेको थियो ।