Goraksha

National Daily

‘चामलमा कुनै समस्या छैन’

दाङ, २४ जेठ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड। मुख्य शाखा कार्यालय तुलसीपुरले वितरण गरेको चामलमा कुनै समस्या नभएको जनाएको छ ।

शुक्रवार शाखा प्रबन्धक माधव मिश्रले विज्ञप्ति जारी गरेर जापान सरकारले उपलब्ध गराउँदै आएको जापनीज चामल वितरण गरेको जनाएका छन् ।

उनले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भनिएको ‘प्लाष्टिकको चामल’ निराधार र भ्रमपूर्ण भएको उल्लेख गरेका छन् ।

‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्राविधिक परीक्षण गरी चामलको गुणस्तर परीक्षण गरी प्रमाणित गरेपश्चात मात्र कम्पनीले कारोवार गर्दै आइरहेको उपभोक्तालाई प्रष्ट पार्न चाहन्छु’, विज्ञप्तिमा भनिएको छ– ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले समेत प्लाष्टिकको चामल नहुने प्रष्ट पारिसकेको छ ।’