Goraksha

National Daily

कोरोना संक्रमणबाट थप एकको मृत्यु

डोल्पा, २४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

डोल्पा जगदुल्ला गाँउपालिका–३ का ५८ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

जेठ १८ गते नेपालगञ्जबाट सुर्खेत–जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो । लामो समयदेखि दमको रोगले पीडित उनको जेठको २० गते निधन भएको थियो ।

निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारी जानकारी दिएका छन । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।