Goraksha

National Daily

तुलसीपुर ५० बेडको आइसोलेसन

तुलसीपुर, २३ जेठ । कोरोना संक्रमितलाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले आइसोलेसन वार्ड निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

पहिलो चरणमा ५० बेडको आइसोलेसन बनाउने गरी उपमहानगरपालिकाले कामलाई अगाडि बढाएको हो । विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको संयोजकत्वमा समिति बनाइएको छ । जसको सदस्यमा १९ नम्वर बाहिनी र उपमहानगरपालिकाअन्तर्गत जनस्वास्थ्य प्रवद्र्धन शाखा छन् ।

उपमहानगरपालिकाले दोघरेमा रहेको सभाहल र राप्ती लाइफ केयर राजापुरमा रहेका भवनमा आइसोलेसन प्रक्रिया अगाडि बढाउने भएको छ ।