Goraksha

National Daily

कविता : यात्रा घोडदौराको

रोशन रोशन

यो यात्रा २०७० साल चैत महिनाको हो ।
आज हामी चारभाइ विहान सबेरै उठ्यौँ,
हातमुख धोएर पढ्न बस्यौँ,
केही छिनको विश्रामपछि सबैजना जुट्यौँ
खाना खाई तयार भई घुम्न भनि निस्कियौँ ।

आशु, रोशन, विभव अनि साथमा थिए विनित,
साथीहरुसँग घुम्न पाउँदा थिएन खुशीको सीमित,
आज हामी सबै घोडदौर जाने निर्णय ग¥यौँ,
खाजाको लागि गोजीमा मकै भट्ट भ¥यौँ ।

भयंकर छ वन चराको चिरविर आवाज,
त्यै वनको शीरबाट गुढिरहेथ्यो हवाइजहाज,
हिड्दा–हिड्दा थकाइलाई पिपलको चौतारामा बस्यौँ
सुन्दर सुन्दर दृश्य हेर्दै गन्तव्यमा पुग्यौँ ।

सानै थियो उमेर तर शाहस थियो बढी,
सुन्दर विशाल दाङ पश्चिममा बगिरहेथ्यो राप्ती नदी,
सुन्दर दृश्यको मजा लुट्दै आधा दिन बित्यो,
अब छिट्टै साँझ पर्छ घरतिर झ¥यौँ ।

यसैगरी सधैं एकअर्कामा स्नेह बढ्ने कुरा ग¥यौँ,
आज दिनभरका कुरा घर आई आमाबालाई भन्यौँ,
अविस्मरणीय छ त्यो दिन कैल्यै भुल्न सकिँदैन,
कति रमाइला थिए हरेक क्षमा कैल्यै भुल्न सकिँदैन ।।