पुष्पा शर्मा
किनकिन आजभोलि मात लाएछ ।
दिनको उज्यालो पनि रात लाएछ ।।
हरपल खुशी हुने सुन्दर ती दिन,
आजभोलि कसैको बात लाएछ ।।
मुस्कानरुपी अधरमा हाँसो ल्याउनेको,
जीवनको गोरेटोमा नयाँ पात पलाएछ ।।
दिनैपिच्छे नयाँनयाँ कुरा सुन्न पाउँदा,
मुखबाट प्रशंसाको खात लाएछ ।।
बोल्नेहरुको पीठो बिक्छ यहाँ,
नबोल्नेलाई चामलको लात लाएछ ।।
म नै जान्ने म नै ठूलो भन्नेहरुमा,
दिनदनै अभिमानको मात लाएछ ।।