दाङ, २२ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको जीवन ज्यादै कष्टकर भएको बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले आयोजना गरेको ‘कोरोनाले उत्पन्न संकट र अबको दैनिक जीवन’ विषयक अनलाइन अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कोरोनाले गर्दा विश्वब्यापी संकट भएको उनको भनाइ रहेको छ । यस प्रकारका संकटलाई मानव समुदायले जित्दै आएको इतिहास रहेको बताउँदै उनले हत्तोत्साहित नभएर स्वास्थ्य सावधानीका साथ अगाडि बढ्न आग्रह गरेका छन् ।
लकडाउनलाई पनि अब परिमार्जन गर्दै जानुपर्ने, परीक्षणको दायरालाई बढाउनुपर्ने उनको सुझाव थियो । सरकारले प्रवासी नेपाली नागरिकका समस्या पनि समाधान गर्नतर्फ लाग्नुपर्ने बताए । उत्पादनका कामलाई पनि अगाडि बढाउन अध्यक्ष केसीले आग्रह गरे ।
राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय महासचिव रामबहादुर बुढा, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल छैठौंका केन्द्रीय अध्यक्ष विमल पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य सूरामणि बेल्बासे, उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष हेमराज बञ्जाडे, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष श्रीधर महरा, अखिल नेपाल जनजाति सम्मेलन दाङ जिल्ला अध्यक्ष रामबहादुर घर्ती, मूलप्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य त्रिभुवन भट्टराई र महेन्द्र बस्याल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कृष्ण केसी, जापान नेपाली एकता समाजका हेमलाल गौतम, पत्रकार गोबिन्द खड्का, ललिता पोख्रेल, प्रेम सुवेदीलगायतले भनाइ राखेका थिए ।
जिल्ला सचिब वसन्त पौडेलको सञ्चालनमा भएको कार्यक्रमको विषय प्रवेश जिल्ला अध्यक्ष गणेश आचार्यले गरेका थिए ।