युवराज शर्मा
गाउँघरमा लाहुरेको महत्व ठूलो हुन्छ । हर्के साहू गाउँका लाहुरे थिए । उनी भारतको नयाँ दिल्लीमा ठूलो होटलमा काम गर्थे । उनको काम होटलमा भाँडाहरु माझ्ने थियो । कामको महत्वभन्दा लाहुरेको महत्व गाउँघरमा ठान्थे ।
एक दिन गाउँका भद्रभलाद्मीहरुले लाहुरेलाई भेट्ने भएका थिए । उनीहरुको भेटको उद्देश्य उनका घरमा गएर चायपानी खाने र उनको बढुवा भएको जान्ने थियो । जानेहरुमा गाउँका मुखियाबा पनि थिए । सबैलाई मुखिया बाले भने – हर्केको घरमा जाने, चायपानी खाने ।
उनले ल्याएको रिडीबाजाबाट गीत सुन्ने । हर्को बढुवा भएको सोध्ने भए । गाउँमा धनपैसा कमाउने र नातिलाई बोर्डिङ स्कूलमा पढाउने उनी मात्र एक्लो व्यक्ति थिए । मुखियाबासँग गाउँलेहरु हर्को साहूका घरमा पुग्दा गाउँका मन्छेहरु आँगनमा भरिभराउ थिए ।
रिडीबाजा बजेको थियो । सबैजना गीत सुनेर भस्त थिए । कतिले रक्सी पिएर छाती तन्काउँदै हाँस्थे । मुखिया बाजे र उनका गाउँलेहरु पनि एक छेउमा बसेका थिए । हर्कोले धनलाई महत्व दिन्थे । मुखियाबाको महत्व थिएन । हर्केका घरमा काम गर्नेको इज्जत पनि थिएन ।
यत्तिकैमा कान्छा घर्ती पनि आए । उनले हर्केलाई सोधे – हर्के ! तिम्रो प्रमोशन के मा भयो ? कहाँ भयो ? उनले मुस्कुराउँदै भने – वेटर भएँ । आफूले काम गर्दै आएको होटल हो । उनी हर्को साहूलाई फूलको माला लगाइदिन आएका रहेछन् । हर्के साहूले सबैलाई गरम–गरम चायपानी खुवाए ।
लाहुरेबाको नाति शंकरले बोर्डिङ स्कूलमा पढ्थे । उनका घरमा काम गर्ने मान्छेको छोरा हरिले सरकारी स्कूलमा पढ्न जान्थे । दुवैले ४ कक्षामा पढ्थे । बोर्डिङ स्कूलको पढाई कक्षा ४ पास गर्न सात वर्ष लाग्दथ्यो । तर सरकारी स्कुलमा कक्षा ४ सम्म पढ्न ४ वर्ष लाग्दथ्यो । धनपैसा हुनेहरुले धेरै फिस तिरेर बोर्डिङ स्कुल पढाउँथे ।
हर्के साहूसँग पैसा भएकाले बोर्डिङ स्कुल पढाउँथे । तर हरिसँग पैसा थिएन । उनका बाबु हर्केको हली थिए । उनले फिस तिर्न नपर्ने स्कुलमा पढाउन सरकारी स्कूल पढाउँथे । हरिले पढ्न मिहिनेत गर्थे । तर शंकर मिहिनेती थिएनन् । उनी खेल्न रुचाउँथे । उनका साथीहरुले उनलाई भन्थे–तैँले पढेर के काम गर्लास् ? बाजेजस्तै होलटमा भाँडा मिस्न जाने त होस् ।
लाहुरेबाको नाति लाहुरे हुने हो भन्दै गिज्याउँथे । साथीहरुको कुराले उनी निराश भएका थिए । उनले पढाई छोडेर मलाई काम छैन । बोर्डिङ स्कूललाई फिस तिर्ने मात्र भइयो । उनले कक्षा ८ सम्म पढे र पढाई छोडे । तर हरिले नियमित पढाई गरे । उनले एसइईको परीक्षा दिए । सफल पनि भए । हर्केबाको नाति शंकरले बोर्डिङ स्कूल पढेर धनपैसा खेर गरेको थियो ।
स्कूलको पढाईले ज्ञान, अनुशासन र राम्रो बानीको विकास गर्नु पर्दथ्यो । त्यो शंकरले पाएनन् । हरिले राम्रो वातावरण पायो । बोर्डिङ स्कुलमा पढाई, अनुशासन र विद्यार्थीहरुको बानी व्यवहार धेरै बोर्डिङ स्कूलहरुले सुधार गर्दैनन् । त्यस्तै वातावरण सरकारी स्कुलहरुमा पनि छ । जहाँ शिक्षकहरुले धेरै राजनीति गर्छन् र राजनीतिज्ञ बन्छन् ।
बोर्डिङ स्कूलहरुमा योग्य शिक्षकहरुको अभाव धेरै छ । ज्ञान र सीपको अभाव भएका शिक्षकहरुको पठनपाठन कमजोर हुन्छ । अधिकांश बोर्डिङ स्कुलहरु नाफामुखी सोचाईमा हुन्छन् । कमजोर शिक्षकहरुबाट पढाईको काम चलाउँछन् । त्यसकारण शंकरको पढाई कमजोर भयो । उनले पढाई छाडे । कक्षामा कमजोर भएपछि विद्यार्थीलाई पढ्ने रुची हुँदैन ।
सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरुले घरको परिस्थिति सम्झन्छन् । सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरुले घरको परिस्थिति सम्झन्छन् । पढेर ठूलो मन्छे बन्ने इच्छा गर्छन् । हरि असल विद्यार्थी थिए । उनले पढ्ने सरकारी स्कूल पनि राम्रो थियो ।
हर्केका नाति शंकरले पढाई छोडेर दिल्ली पुगे । उनी बाजेले काम गर्ने होटलमा भाँडा माझ्ने भए । उनले आफ्ना साथीहरुले भनेको कुरा सम्झे लाहुरेको नाति होस् । होटलमा भाँडा मिस्ने हुने छन् । त्यस्तै उनलाई भयो । हरिले उच्च शिक्ष पढ्न लागे ।
केही वर्षपछि बीएससी पूरा गरे । लोक सेवा आयोगको शाखा अधिकृत पदमा परीक्षा दिए । उनी सफल पनि भए । उनलाई जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी पदमा नियुक्ति भयो । उनले बुद्धिको विकास गरे । तर लाहुरेबाको नाति शंकर दिल्लीको होटलमा कामदार बन्यो । लाहुरे हर्केबाले कमाएको धन पैसाको महत्व हरायो । भनिन्छ ‘हुन विरुवाको चिल्लो पात ।’
गाउँघरमा सुनिन्छ कि माध्यमिकसम्मको शिक्षा विकास गर्ने स्थानीय सरकारको हो । तर धेरै जनप्रतिनिधिहरुका बोर्डिङ स्कूलहरु छन् । उनीहरुले सरकारी स्कूलहरुमा पढाईको सुधार गर्न चाहँदैनन् । त्यहाँको पठनपाठनलार्य लथालिङ्ग भएको देख्न चाहन्छन् ।
त्यस्तै गराउँछन् – भन्छन्– सरकारी स्कुलहरु गरिब र विपन्नवर्गका केटाकेटीहरुले पढ्ने थलो हो । तर उनीहरुलाई ज्ञान होइन कि बालकको प्रतिभा छाप्रोमा हुन्छ । बालबालिका भोलिका जनप्रतिनिधि बन्नेछन् । उनीहरुले बोर्डिङ स्कूल र सरकारी स्कूलका शिक्षकले दिने गरेको ज्ञान र सीपको विकास गराउने छन् । शिक्षकहरुको पढाईलाई तुलनात्मक अध्ययन गर्ने छन् । पढाईमा आधुनिक सुधार गर्ने छन् ।
सरकारी स्कुलहरुको जिम्मेवारी कसको ? प्रधानाध्यापक, अध्यक्ष व्यवस्थापन समिति, वडा कायाृलयका अधिकृत वा वडाध्यक्ष कसले हो ? नियन्त्रण, सञ्चालन, व्यवस्थापन र आर्थिक स्रोतको परिचालन गर्ने ? यी प्रश्नहरु अनुत्तरित छन् । समुदाय स्कूलदेखि टाढा छ । जसका छोराछोरी, भाइबहिनी स्कूलमा पढ्दैनन्, त्यो व्यक्ति त्यहाँको अध्यक्ष हुन्छ ।
त्यो पनि राजनीतिक आधार बनाएर । त्यस्तो अध्यषले के सुधार सामुदायिक स्कुलमा ल्याउला ? त्यस व्यक्तिलाई अध्यक्ष भएको लाज छैन । उसमा नैतिकता छैन भने त्यसतो स्कुलका शिक्षकहरुको नजरमा उसको मुखले चमक दिँदैन । केवल उपस्थिति मात्र जनाउने छ । यस्तो वातावरणमा शिक्षकहरुको मनोबल बढ्दैन । पढाईमा उत्साह हुन्न ।
त्यस्ता अध्यक्षले के निर्देशन शिक्षकलाई दिन सक्ने हुन् ? भन्न सकिन्न । भनिन्छ – दृष्टिविहीन शिक्षक र सुस्तमनस्थितिका विद्यार्थीबीचको सम्वादन सुने जस्तो अवस्था छ । त्यस्तो वातावरण धेरै सामुदायिक स्कूलहरुमा छ । यसबाट स्पष्ट हुन्छ कि सामुदायिक विद्यालयहरु राजनीतिक अखडा बनेका छन् । योग्य शिक्षकहरु अध्यषको नजरमा छैनन् ।
अयोग्य र चाकडीवाज राजनीतिक खेलाडीका शिक्षकहरु मात्र अगुवा बन्छन् । कसरी सामुदायिक स्कूलको पढाईमा सुधार हुन्छ ? उत्तर अनुत्तरित छ । तर सामुदायिक स्कूलमा पढ्ने विद्यार्थीहरुमा पढ्नुपर्छ भन्ने भावनाका विद्यार्थीहरु धेरै हुन्छन् । उनीहरुले स्कूललाई पढ्ने थलोका रुपमा हेर्छन् । तर पढाईमा अब्बल बन्छन् । उनीहरुको स्वाध्ययन गहिरो हुन्छ ।
विश्वका महान् व्यक्ति बुकर टी वासिङ्गटनले सडकबत्तीमा बसेर पढे । अरुले फालेका कापीमा लेखेर अभ्यास गरेका थिए । सडकमा बस्दा जाडो भएपछि पहाडको उकालो–ओरालो दौडेर शरीरलाई तातो पार्थे । उनीसँग लगाउने तातो लुगा पनि थिएन । उ
नी पनि छाप्रोमा हुर्केर बढेका व्यक्ति थिए । आफ्नो प्रतिभा देखाएर अमेरिकाको राष्ट्रपति पनि भएका थिए । हर्के साहूको हलीको छोराले नेपाल सरकारको अधिकृत हुनु पढाईको प्रभाव हो । हरिले पढेर आफ्नो छाप्रोबाट प्रतिभा समाजमा देखाए । भनिन्छ– धनभन्दा पढाई ठूलो हुन्छ ।