चेम्वर अफ कमर्शले ज्ञापनपत्र बुझाउने

शिवराज खनाल
लमही, २० जेठ । लकडाउनका कारण व्यवसायीहरु मारमा परेको भन्दै लमही चेम्बर अफ कमर्शले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाउने भएको छ ।

लमही चेम्बर अफ कमर्शको मंगलवार बसेको बैठकले सो निर्णय गरेको हो । बिगत दुई महिनादेखि जारी लकडाउनका कारण एकातिर ब्यबसायीहरुको दैनिकी सून्य अबस्थामा झरेको र जिबिकोपार्जन गर्न मुस्किल परेको अवस्थामा नेपाल राष्ट्र बैंकको निर्देशन बिपरित केही बैंकहरुले लकडाउनको समयमा पनि बैंक ब्याजको भुक्तानीको लागि ताकेता र सरकारले जेष्ठ २५ सम्म कर तिर्नका गरेको सूचना प्रकाशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ब्यापारीहरुको पिरमर्का बुझ्दै तुरुन्त सो निर्णय फिर्ता लिन सरकारलाई आग्रह समेत गरेका छन ।

बैंक ब्याज र कर भुक्तानीको बिषयलाई ध्यानाकर्षण गर्दै चेम्बरले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको लमही चेम्बरका कोषाध्यक्ष शशी नेपालीले जानकारी दिएका छन । साथै नेपाल सरकार समक्ष उचित पहल गर्नको लागि नेपाल चेम्बर अफ कमर्शले देशब्यापी रुपमा अभियान संचालन गर्नको लागि सम्पूर्ण जिल्ला, नगर चेम्बर अफ कमर्सलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

लमहि चेम्बर अफ कमर्शका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा बसेको बैठकको सहजीकरण वरिष्ठ उपाध्यक्ष किरण शाहले गरेका थिए ।