दाङ, २० जेठ । दाङमा एक जना वडा अध्यक्षसहितसहित ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको कोरोना परिक्षणका क्रममा बंगलाचुली गाउँपालिकाका एक जना वडा अध्यक्षलाई कोरोना संक्रमण देखिएको हो ।
भारतबाट आएकाहरुको उद्दार र व्यवस्थापनमा खटिएका ५४ वर्षीय वडा अध्यक्षलाई कोरोना देखिएपछि बंगलाचुलिका अन्य जनप्रतिनिधि र कर्मचारीको पिसिआर परीक्षण गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । उनी होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको कोरोना परिक्षणका क्रममा दाङका ८ जना र प्युठानका एकसहित नौ जनाका कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमा बंगलाचुली गाउँपालिका ६ जना र राप्ती गाउँपालिकामा दुई जना रहेका छन ।