कोरोना संक्रमितको संख्या २०९९,२६६ उपचारपछि घर फर्किए

दाङ, २० जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको हो ।

पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार मंगलबार थपिएका कोरोना संक्रमित मध्य २७० पुरुष रहेका छन् भने १८ जना महिला रहेका छन् ।

हालसम्म देशभरका ७७ मध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

मंगलवारसम्म २६६ जना कोरोना संक्रमितको उपचारपछि डिस्चार्ज भएका छन् । जसमा २१२ पुरुष रहेका छन् भने ५४ जना महिला रहेका छन् ।