आत्मनिर्भर लघुवित्तद्वारा गाउँपालिकालाई आर्थिक सहयोग

पार्वती बस्नेत
दाङ, १९ जेठ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही दाङले आइतवार बंगलाचुली गाउँपालिकामा सहयोग रकम हस्तान्तरण गरेको छ ।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले गर्दा विश्वलाई नै आर्थिक तथा सामाजिकरुपमा प्रभावित बनाइरहेको समयमा संस्थाले गाउँपालिकालाई सहयोग गरेको हो ।

बंगलाचुली गाँउपालिकामा रहेका अति बिपन्न तथा सीमान्तकृत समुदायलाई राहत सहयोग पु¥याउने उद्देश्यले आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका ऋण अधिकृत कालिदास चौधरीले गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीलाई १० हजार नगद रकम हस्तान्तरण गरेका हुन् ।

संस्थाले आगामी दिनमा पनि यसैगरी आफूले सक्ने जत्तिको सहयोग गर्दै जाने आत्मनिर्भर लघुबित्त वित्तीय संस्थाका ऋण अधिकृत चौधरीले जानकारी दिएका हुन् ।