बिप्लव नेकपा छोडेर तीन जना कांग्रेसमा प्रवेश
दाङ, ११ मंसिर । दाङमा तीन जना नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपा पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन । चन्द्र नेतृत्वको पार्टीका सदस्य रहेका उनीहरुले छुट्टा छुट्टै प्रेस बिज्ञप्ति जारी गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।
दाङको पश्चिम बबई गाउँपालिका–२ टवाङ खोलाका निवासी रणवहादुर वली, बबई गाउँपालिका वडा नंं. ५ बबरपुर निवासी निमबहादुर डाँगी,पूर्वी रुकुम जिल्ला सिस्ने गाउँपालिका वडा नं ७ नाथीगाउँ घरेली निवासी लिलाराम वुढा रहेका छन् ।
उनीहरुले बुधवार छुट्टा छुट्टै प्रेस विज्ञप्ति जारी गरि नेकपा कम्युनिष्ट पाटी परित्याग गरेको जानकाकरी दिएका छन । बिज्ञप्तिमा आस्था र विचारका आधारमा विगतमा कम्युनिष्ट पार्टीमा रहेपनि आजकै मितिदेखि नेपाली कांग्रेसमा प्रवेश गरेको उल्लेख गरिएको छ ।