‘मेरो छोरा विप्लव कार्यकर्ता होइन’
दाङ,११ मंसिर । शान्तिनगर गाउँपालिका वडा नं. १ पतेरी खोला निवासी खिमबहादुर बुढामगरले आफनो छोरा प्रकाश बुढामगर नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाको कार्यकर्ता नरहेको बताएका छन ।
बुबा खिमबहादुर पुनले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै आफना्े छोरा सामान्य नेपाली नागरिक रहेको बताएका छन् । आफ्नो छोरालाई प्रहरीले गत कार्तिक २९ गते पूजाका लागि घरमा बर–पिपलको पात टिप्ने क्रममा पक्राउ गरेर प्रहरीले झुट्टा मुद्धा लगाएर दु.ख दिने काम गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
छोराको रिहाईकालागि पहल गरिदिन समेत बुढाले सम्पुर्णलाई मानवअधिकारकर्मी,सञ्चारकर्मीलगायतलाई आग्रह गरेका छन ।