The sceret of the rise and fall of the world
ब्रह्माकुमार माधव तिमिल्सेना
परिवर्तन गतिशीलताको द्योतक हो । परिवर्तन हुनु भनेको यथास्थितिबाट फरक हुनु हो,विचलन वा नयाँ स्थितिले प्रतिस्थापित हुनु हो । परिवर्तन शव्द बाहेक यस संसारमा हरु सवैकुरा परिवर्तनशील छन् । परिवर्तन प्रकृतिको नियम हो । परिवर्तन सधैँ जारी रहने र कहिल्यै अन्त्य नहुने विषय हो ।
परिवर्तनको विषय सुन्नमा जति सहज,पृय र राम्रो लाग्छ,यसको कार्यान्वयन गर्न त्यत्ति नै कठीन र चुनौतीपूर्ण पनि छ । परिवर्तन कै कारण संसारको विकासको सम्भावना सम्भव भएका हुन ।
परिवर्तन अनिवार्य रूपमा नियमित ढंगले गरी रहनुपर्ने र विकल्प रहित विषयपनि हो । परिवर्तन बाह्य जगत,विश्व परिवेश र सार्वजनिक क्षेत्रमा आएका नवीनतम धारणाहरू अन्य मुलुकबाट पनि सिक्न सकिन्छ । संसारका हरेक वस्तुहरु शुरुकै अवस्थामा रहदैनन् । प्रकृतिका प्रत्येक वस्तुले सतो, रजो र तमो अवस्थालाई पार गर्नुपर्दछ ।
सतोप्रधानताको अवस्थामा कुनैपनि वस्तु सुन्दर,उपयोगी र सर्वोत्तम लाग्दछ भने रजो अनि तमोप्रधानतामा उक्त वस्तुको गुणवत्तामा ह्रास आउँछ । सृष्टिको सतोप्रधानको समयलाई उत्थानको समय र तमोप्रधानताको समयलाई पतनको समय मानिन्छ । कलियुगको अन्त्य र सत्ययुगको प्रारम्भको समय संगमयुग हो जुन वर्तमान समय चलिरहेको छ ।
Every object of nature has to go beyond Sato, Rajo and Tamo. In the case of Satopradhan, any item looks beautiful, useful and best, while in Rajo and Tamopradhan, the quality of the item decreases. The time of Satopradhan of creation is considered as the time of rise and the time of Tamopradhan is considered as the time of fall. The time of the end of Kali Yuga and the beginning of Satya Yuga is the confluence age which is going on at the present time.
कलियुगको अन्त्यमा अज्ञानरूपी रात्रिको समयमा सृष्टिका बिजरूप, कल्याणकारी, ज्ञानसागर परमपिता परमात्मा शिव नयाँ, पवित्र सृष्टि रच्ने संकल्पले प्रजापिता ब्रह्माको शरीरमा अवतरित (प्रविष्ट) हुनुभयो र उहाँले प्रजापिता ब्रह्माको मुखकमलद्वारा मूल गीताज्ञान तथा सहज राजयोगको शिक्षा दिनुभयो,जसलाई धारण गर्ने नरनारी ‘पवित्र ब्राह्मण’ भनिए ।
यस छोटो युगलाई ‘संगमयुग’ भनिन्छ । यो युगलाई सृष्टिको ‘धर्माऊ युग’ एवं ‘पुरुषोत्तम युग’ अथवा ‘गीता युग’ पनि भनिन्छ । सृष्टिचक्रमा पाँच हजार वर्षको समयावधि हुन्छ । यसलाई चार भागमा बाँडिएको छ— सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग । प्रत्येक युग १२५० वर्षको हुने गर्दछ ।
सत्ययुगको १२५० वर्षमा श्रीलक्ष्मी श्रीनारायण १०० प्रतिशत सुखशान्ति सम्पन्न ८ जन्म लिन्छन्। त्यसैले नेपाल र भारतमा आठको संख्या शुभ मानिन्छ र कतिपय व्यक्तिहरू केवल आठ मणिकाहरूको माला स्मरण गर्दछन् तथा अष्ट देवताहरूको पूजा पनि गर्दछन् । सतयुगमा श्रीलक्ष्मी र श्रीनारायणको अटल,अखण्ड, निर्विघ्न र अति सुखकारी राज्य थियो ।
भनाई छ कि त्यस समयमा दूध र घ्यूको नदी बग्दथ्यो तथा बाघ र गाईपनि एउटै तलाउमा पानी पिउने गर्थे । त्यस समयको विश्व दुइटा श्रीपेंच भएको थियो । सबै सदा स्वस्थ सदा धनवान सदा सुखी थिए । त्यस समयमा काम, क्रोधादी विकारहरूको लडाई अथवा हिंसा तथा अशान्ति एवं दुःखको नाम निशान पनि थिएन ।
त्यस समयको विश्वलाई ‘स्वर्ग’ ‘वैकुण्ठ’,‘बहिश्त’,‘सुखधाम’अथवा ‘हैविनली एवोड’ भनिएको छ । त्यस समय सबै जीवनमुक्त र पूज्य थिए । उनीहरूको औसत आयु १५० वर्ष थियो । फेरि त्रेतायुगको १२५० वर्षमा ती १४ कला सम्पूर्ण श्रीसीता र श्रीरामको वंशमा पूज्य राजारानी अथवा उच्च प्रजाका रूपमा १२ जन्म लिन्छन् ।
एक जन्म संगमयुगको हीरातुल्य जन्म हुन्छ । यसप्रकार सत्ययुग र त्रेतायुगको कुल २५०० वर्षमा तिनीहरू सम्पूर्ण पवित्रता, सुखशान्ति सम्पन्न २१ दैवी जन्म लिन्छन्। त्यसैले प्रसिद्ध छ कि ज्ञानद्वारा मानिसका २१ जन्म अथवा २१ पिढी सुध्रिन्छन् अथवा मानिस २१ पिढीसम्म पार भइहाल्छ । सत्ययुग र त्रेतायुगको ‘आदि सनातन देवीदेवता धर्म वंश’ नै यस मानवसृष्टि रूपी वृक्षको तना र मूल हो जसबाट नै पछि अनेक धर्मरूपी शाखाहरू निक्लिन्छन्।
द्वापरमा देह अभिमान अर्थात काम, क्रोध,लोभ ,मोह अहंकार आदि विकारहरूको प्रार्दुभाव भयो । दैवी स्वभावको स्थान आसुरी स्वभावले लिन शुरू गर्यो । सृष्टिमा दुःख र अशान्तिको साम्राज्य पनि शुरू भयो । त्यसबाट बच्नको लागि मानिसहरूले पूजा तथा भक्ति पनि शुरू गरे । ऋषिहरूले शास्त्रको रचना पनि गर्न थाले । यज्ञ, तप आदिको प्रारम्भ भयो ।
कलियुगमा मानिसहरू परमात्मा शिवको तथा देवताहरूको अरिरिक्त सूर्य, पीपल, आगो तथा अन्य जड तत्वहरूको पनि पूजा गर्न थाले र एकदम देहअभिमानी, विकारी र पतित बन्न पुगे। उनीहरूको आहार–व्यवहार,दृष्टिवृत्ति,मन, वचन र कर्म तमोगुणी र विकारको अधिन भईसक्यो ।
कलियुगको अन्त्यमा सबै मानिसहरू तमोप्रधान र आसुरी लक्षण भएका हुन्छन्। अतः सत्ययुगी र त्रेतायुगी सतोगुणी दैवी सृष्टि स्वर्ग हो र त्यसको तुलनामा द्वापरयुग तथा कलियुगको सृष्टि नै ‘नर्क’ हो । अज्ञानता अथवा आत्म विस्मृतिको कारणले उनीहरू आफ्नो नै पहिलेको श्री लक्ष्मी र श्री नारायण रूपको पनि पूजा शुरू गर्दछन्। त्यसैले किम्बदन्ती प्रसिद्ध छ कि “जो स्वयं कहिले काहीँ पूज्य थिए पछि आफैं आफ्ना पुजारी बन्न पुगे।”

At the end of Kali Yuga, all people become tamopradhan and demonic. Therefore, Satyugi and Tretayugi Satoguni divine creation is heaven and in comparison, the creation of Dvaparayuga and Kaliyuga is ‘hell’. Due to ignorance or self-forgetfulness, they also start worshiping their former forms of Sri Lakshmi and Sri Narayan. So the legend is famous that “those who were sometimes revered later became their own priests.
वैश्यवंशी भक्त शिरोमणि राजा रानी अथवा सुखी प्रजाको रूपमा कुल २१ जन्म लिन्छन्। त्यसपछि कलियुगको प्रारम्भ भयो। अब झन सूक्ष्मलोक वा साकारलोकका देवीदेवताहरूको पूजाको अतिरिक्त तत्व पूजापनि शुरू भयो । यस प्रकार भक्ति पनि व्यभिचारी भयो । यो अवस्था सृष्टिको तमोप्रधान अथवा शूद्र अवस्था भयो । कलियुगको अन्त्यमा उनीहरूले अथवा उनीहरूका वंशका अन्य आत्माहरूले ४२ जन्म लिए ।
उपर्युक्तबाट स्पष्ट छ कि जम्मा ५००० वर्षमा आत्माले पूज्य र पुजारी अवस्थामा जम्मा ८४ जन्म लिन्छ । हरेका आत्माका ८३ औं जन्म पुरा भैसक्यो अब अन्तिम अर्थात् ८४ यौं जन्म यही संगमयूगमा चलिरहेको छ । देववंशका अन्य आत्माहरू पनि ५००० वर्षमा बढीभन्दा बढी ८४ जन्म लिन्छन्। त्यसैले जन्म मृत्युको चक्रलाई “चौरासीको चक्कर” पनि भन्दछन् र कतिपय देवीहरूको मन्दिरमा ८४ घण्टाहरू पनि लागेका हुन्छन् ।
‘पुरुषोत्तम’ शब्द परमपिता परमात्माको नै वाचक हो । ‘पुरुषोत्तम महिना’ कलियुगको अन्त्य र सत्ययुगको आरम्भको संगमयुगको याद गराउँछ किनकि यस युगमा पुरुषोत्तम (परमपिता) परमात्माको अवतरण हुन्छ ।
सत्ययुगको प्रारम्भदेखि लिएर कलियुगको अन्त्यसम्म मानव आत्माहरूको जन्म पुनर्जन्म भइ नै रहन्छ, तर कलियुगको अन्त्यमा सत्ययुग तथा सतधर्मको र उत्तम मर्यादाहरूको पुनः स्थापना गर्नको लागि पुरुषोत्तम (परमात्मा)लाई आउनुपर्दछ। परमपिता परमात्मा जब पुरुषोत्तम संगमयुगमा अवतरण हुनुहुन्छ तब नै मानव आत्माहरूलाई दुर्गुणहरू अथवा विकारहरूको दान दिने शिक्षा दिनुहुन्छ ।
यसप्रकार उनीहरू काम क्रोधादि विकारहरूलाई त्यागेर,उत्तम मर्यादित बन्दछन् र त्यसपछि सत्ययुग,देवयुगको आरम्भ हुन्छ । आज यदि यी रहस्यहरू जानेर मानिसहरूले विकारहरूको दान दिए ज्ञानगंगामा नित्य स्नान गरेर योगद्वारा शरीरबाट अलग भएर सत्य आध्यात्मिक यात्रा गरे भने विश्वमा पुनःसुख,शान्तिसम्पन्न रामराज्य (स्वगर्)को स्थापना हुनेछ।
परमप्रिय परमपिता परमात्मा शिवले वर्तमान समयमा जसरी हामीलाई ईश्वरीय ज्ञानका अनेक मधुर रहस्य सम्झाउनु भएको छ त्यसरी नै यो पनि एउटा नयाँ कुरा सम्झाउनुभएको छ कि वास्तवमा मानव आत्माहरू पाशविक योनिमा जन्म लिदैनन् ।
यो हाम्रो लागि ठूलो खुशीको कुरा हो । तरपनि कतिपय यस्ता व्यक्तिहरू छन् जो यो भन्दछन् कि मानव आत्माहरू पशुपंक्षी इत्यादि ८४ लाख योनिमा जन्म पुनर्जन्म लिन्छन्। उनीहरू भन्दछन् कि “जसरी कुनै देशको सरकारले अपराधीलाई दण्ड दिनको लागि उसको स्वतन्त्रतालाई जफत गर्दछ, उसलाई एक कोठरीमा बन्द गरिदिन्छ र उसलाई सुख सुविधाबाट केही समयको लागि बञ्चित गरिदिन्छ, त्यसरी नै यदि कोही मानिस गलत कर्म गर्दछ भने उसलाई त्यसको दण्डको रूपमा पशुपंक्षी इत्यादि भोग योनिहरूमा दुःख तथा परतन्त्रता भोग्नुपर्दछ ।
तर मानव आत्माहरू आफ्ना खराब कर्महरूको दण्ड मानव योनिमा नै भोग्दछन्। परमात्मा भन्नुहुन्छ कि मानिस खराव कर्म गुण स्वभावको कारण पशुभन्दा पनि बढी खराव हुन जान्छ तथा पश पंक्षीभन्दा बढी दुःखी समेत हुन्छ, तर ऊ पशुपंक्षी इत्यादि योनिमा जन्म भने लिंदैन।
यदि खराब कर्मको कारणले मानव आत्माको पुनर्जन्म पशु योनिमा हुन्थ्यो भने प्रत्येक वर्ष मानिसको जनसंख्या बढ्दै जाने थिएन बरू घट्दै जानुपर्ने हो । किनकि आज सबैका कर्महरू विकारहरूको कारणले विकर्म नै बनिरहेका छन् ।
तर तपाईहरूले देखिरहनुभएको छ कि यस विश्वमा जनसंख्या तिव्रतर रुपमा बृद्धि भईरहेको छ, किनकि मानिस पशुपंक्षी या कीरा कमिला आदि योनिमा जन्म लिईरहेका छैनन् ।
Lord Shiva says that man becomes worse than an animal and even sadder than an animal because of his bad karmic nature, but he is not born in the womb of an animal or a bird. If the human soul were reborn in the animal womb due to bad deeds, the human population would not be increasing every year but would be declining. Because today everyone’s deeds are becoming vice act due to disorders. But you see that the world’s population is growing rapidly, Because man is not born in the womb of animals, birds or insects.
कर्म सिद्धान्त बमोजिम जस्तो रोप्यो त्यस्तै फल्छ भनेझै मानव आत्माहरुले आफूले गरेको कर्मको आधारमा सुख दुःख मनुस्य योनीमा नै भोगीरहेका हुन्छन् । कलियुगको अन्त्यमा परमपिता परमात्मा शिव जब महादेव शंकरद्वारा सृष्टिमा महाविनाश गराउनु हुन्छ, तब सबै आत्मारूपी अभिनयकर्ता आफ्नो प्यारो देश मुक्तिधाम फर्किन्छन् र फेरि सत्ययुगको आरम्भदेखि ‘आदि सनातन देवी देवता धर्मका’ मुख्य मानव आत्माहरू यस सृष्टि मञ्चमा आउन शुरू गर्दछन् ।
फेरि २५०० वर्ष पछि द्वापर युगको आरम्भदेखि इब्राहिमका इस्लाम घरानाका आत्माहरू त्यसपछि बौद्ध धर्मवंशका आत्माहरू, फेरि इसाई धर्मवंशका आत्माहरू आफ्नो आफ्नो समयमा सृष्टिमञ्चमा आएर आफ्ना आफ्ना अनादि निश्चित अभिनय गर्छन साथै सतोप्रधान,सतो,रजो र तमो चारै अवस्थालाई पार गर्दछन् ।
यस प्रकार यो अनादि अविनाशी सृष्टि नाटक अनादि कालदेखि प्रत्येक ५००० वर्ष पछि हुबहू अर्थात जस्ताको त्यस्तै पुनरावृत भई नै रहन्छ । कोही पनि मनुस्य आत्माले मोक्ष अर्थात जन्म नै नलिने अवस्था हुदैन । १ जन्म भएपनि यस सृष्टि रंगमञ्चमा लिनै पर्दछ र आफ्नो कर्मको फल भोग्नै पर्ने हुन्छ ।
विश्वमा कुनै चीज छैन जसको कुनै नाम नै हुँदैन । अनि यस्तो कुनै चीज छैन जो नयाँबाट पुरानो र पुरानोबाट नयाँ हुँदैन । सृष्टिको लागि पनि यही नियम लागू हुन्छ । सृष्टि नयाँबाट पुरानो र पुरानोबाट नयाँ हुन्छ । तर यस दुनियाँलाई नयाँ बनाउनको लागि स्वयं रचनाकारलाई पुनः रचना रच्नको लागि आउनु पर्छ । यसैले गायन पनि गरिन्छ जसको रचना यति सुन्दर त्यो कति सुन्दर होला… । सत्यम् शिवम् सुन्दरम् ।
मनुष्य आत्माले सृष्टिको अन्त्य अर्थात् संगम युगमा परमात्मा सँग भेट्दछन् । उहाँसँग पढेर देवी–देवता बन्छन् । तिनै आत्मा जो सृष्टिको आदिमा देवता बन्छन् र देवताको प्रारब्ध भोग्दछन् । विस्तार–विस्तारै तल आउँदै जान्छन् ।
देवताको लागि नै गायन छ–सर्व गुण सम्पन्न, १६ कला सम्पन्न । जो विश्वमा आधा कल्प पछि पुजिन्छन् । जो पूज्य थिए तिनै पुजारी बन्छन् । वाममार्गमा जान्छन् देवताहरूको कला विहीन हुनु वा कम हुन आधा कल्पपछि प्रारम्भ हुन्छ ।
तिनै देवता जो सतोप्रधान थिए अहिले तमोप्रधान बनेका छन् । सवै गुणले सम्पन्न थिए । कली धपक्क बलेपछि संसारमा अन्याय, अत्याचार, दुःख, कष्ट,रोग,शोकले सम्पूर्ण पृथ्वी आक्रान्त बन्दछ, मानिसहरू आर्तनाद गर्दै भगवान्को पुकार गर्न थाल्छन् ।
यस दुःखको सागरबाट पार जान ईश्वरको भक्ति,पूजा,प्रार्थना गर्न थाल्छन् । अज्ञानताले ग्रस्त हुनाले उनीहरू सर्वेश्वर परमपिता परमात्मा शिवलाई जान्न सक्दैनन् । अतः ३३ करोड देवी देवताहरूको पूजा आराधना गर्न शुरु गर्छन् ।
यस प्रकारको व्यभिचारी भक्तिको कारण उनीहरू उन्नतिको सट्टा झन् अवनतितिर उन्मुख हुन्छन् । यसरी अज्ञानतायुक्त ४२ जन्म लिइसकेपछि उनीहरू कलियुगको घोर अन्धकारमा डुबेर न्याय–अन्याय, पाप–पुण्यलाई बिर्सेर स्वार्थी, दुष्ट बन्छन् ।
विश्व बन्धुत्वको भावनालाई बिर्सिएर “मैं खाऊँ, मैं लाऊँ, सख सयल वा मोज मै गरूँ”को भावनाले भ्रष्टाचारी बनी चोरी, डकैती लुटपाट गर्न थाल्छन् । धर्म–कर्म पनि स्वार्थ भावले गर्छन् । मानवहरूमा आएको भ्रष्टताले गर्दा प्राकृतिक सन्तुलन पनि बिग्रन जान्छ र प्राकृतिक प्रकोपले सारा संसारमा उत्पात मच्चाउन थाल्दछ ।
अन्याय, अत्याचार, दुःख,कष्ट एवं उत्पीडनले ग्रस्त प्राणीहरूको आर्तनादले सारा संसार आक्रान्त बन्छ । फलस्वरूप विश्व नाटकको पूर्व निर्धारित नियम अनुसार प्राणीमात्रलाई दुःख कष्ट एवं अज्ञानरूपी अन्धकारबाट मुक्त गरी पुनः सतोगुण प्रधान,दैवी राज्य स्थापना गर्न परमपिता परमात्मा परमेश्वर भगवान् शिवको यस धर्तीमा दिव्य अलौकिक जन्म (अवतरण) हुन्छ ।
Corruption in human beings also disturbs the natural balance and natural disasters start wreaking havoc all over the world. The whole world is overwhelmed by the cries of creatures suffering from Injustice, oppression, misery, suffering and persecution . As a result, according to the pre-determined rules of world drama, the divine supernatural birth (incarnation) of the Supreme Lord God Shiva takes place on this earth to re-establish the Satoguna Pradhan, the divine kingdom, freeing all beings from suffering and ignorance.
परमपिता परमात्मा शिव भगवान्ले नयाँ स्वर्गीय दैवी राज्यको स्थापना गर्न जुन ज्ञान प्रदान गर्नुभएको छ त्यसलाई राजयोग भनिन्छ र यसमा ज्ञान, योग, धारणा र सेवा गरी चार स्तम्भहरू छन् । आत्मा, परमात्मा र ड्रामा सम्बन्धी सम्पूर्ण शिक्षा ज्ञानमा प्राप्त हुन्छ ।
एकमात्र परमपिता परमात्मा शिवको अव्यभिचारी याद नै योग हो । सम्पूर्ण विकारहरूबाट मुक्त भई दैवी गुणहरूलाई अपनाउनु नै धारणा हो र तन, मन, धनले दत्तचित्त भई मन, वचन र कर्मले जन– जनमा परमात्मा प्रदत्त ज्ञानको प्रचार–प्रसार गरी उनीहरूलाई तमोप्रधानबाट सतोप्रधान दैवी गुणयुक्त बनाएर स्वर्गीय राज्यको स्थापनामा सहयोगी बनाउनु नै सेवा हो ।
यस प्रकारले सत्ययुगबाट कलियुगको अन्त्यसम्म पुग्न ८४ जन्मको खुट्कीलाहरूबाट तल झर्न ५००० वर्ष लाग्छ । यो संसार एक सेकेण्डमै कलियुगबाट स्वर्णयुग, सत्ययुगमा पदार्पण गर्न पुग्दछ ।
मानव आत्मा आफ्ना गुण,स्वभाव,कर्म र व्यवहारले नै देवात्मा पनि बन्दछ भने दानव आत्मा पनि बन्दछ । मानव जीवनको उचाई,धन,सम्पत्ति,सत्ता,शक्ति,पद,विद्या, बुद्धि र सामाजिक प्रतिष्ठाका आधारमा मात्रै आँकलन गर्न मिल्दैन ।
त्यो भन्दापनि महत्वपूर्ण पक्ष उसको चरित्र,उसमा भएका गुण,इमानदारी संययशीलता र पवित्रताका आधारमा मापन गर्नुपर्ने हुन्छ । भौतिक मूल्यलाई प्रधानता दिने वर्तमान युगमा विरलै नैतिक र चारित्रिक मूल्यलाई महत्व दिने गरिन्छ । चरित्रको हानि हुन्छ भने उसको जीवनको सबैभन्दा ठूलो क्षति हुन्छ ।
आध्यात्मिक चिन्तनले पुनःमानव जीवनका ती मूल्यवान चरित्ररूपी सम्पत्तिलाई पुरातन रूपमा नै पुनस्र्थापन गर्न बल दिइरहेको छ । आध्यात्मिक चिन्तनले विधिको संसार निर्माण गर्न चाहन्छ । जहाँ मानिस जन्मजात गुण र मर्यादाको लक्ष्मण रेखामा स्वःस्फूर्त रहून् र कुनै पनि प्रकारको मर्यादाको उल्लंघन न होस् ।
यसका लागि वर्तमान जीवनमा नै त्यस प्रकारको स्वभाव,संस्कार र चरित्रको निर्माण गर्नु पर्दछ ।
Spiritual contemplation is pushing for the restoration of those precious characteristic properties of human life. Spiritual thinking seeks to build a world of law. Where a person is spontaneous in the goal line of innate qualities and dignity and there is no violation of any kind of dignity. For this, such a disposition, culture and character must be built in the present life itself.
स्वभावैले आध्याात्मिक चिन्तनबाट परिचालित व्यक्ति कठोर,निर्दयी र हिंसात्मक हुनै सक्दैन । कसैको लहलहैमा वा पुल्पुल्याई र लोभ–लालच वा विविध प्रलोभ र डर–धम्कीको प्रभावमा आउन सक्दैन । धरती नै एकातिर भएपनि बहुसंख्यकको विमति र विरोधका बीचमा पनि आफ्नो शाश्वत मूल्य,मर्यादा र स्वधर्ममा ऊ अचल भएर बस्दछ ।
दृढ मनोबलका साथ आफ्नो प्रतिज्ञामा प्रतिबद्ध रहन्छ । जस्तो भनिन्छ धरती नै पल्टेर गएपनि आफ्नो स्वधर्मलाई छोड्नु हुँदैन । मूल्य र मर्यादालाई दीर्घजीवी राख्दा अपनाइने दृढता अन्ध हठधर्मीपना होइन । यो त शाश्वत मूल्य, मर्यादा र गुणको अवमूल्यन तथा अधर्मका विरुद्धको सकारात्मक रक्षा आन्दोलन हो अथवा उच्च चेतनाको उत्थान र विकासका लागि भगीरथ प्रयास हो । चक्रलाई चिनौं । समयको गति तेज छ । दुनियाँमा हरेक चीज नयाँबाट पुरानो हुन्छ ।
सृष्टि चक्र पनि पुरानोबाट नयाँ र नयाँबाट पुरानो हुन्छ । समयको चक्र सेकेण्ड पछि सेकेण्ड चल्दै रहन्छ । अब सृष्टिको अवस्था घट्दै–घट्दै अन्तिम क्षणमा आइपुगेको छ । यस सृष्टि चक्रलाई अब पुनः नवीन स्वरूप दिनु छ अर्थात् पवित्र हुनु छ । भनिन्छ पनि हामीमा कोही गान्धी होलान् – कोही गौतम । देवी–देवता पनि हामी मध्येबाट कोही बन्छन् ।
केवल उनमा दिव्य शक्ति, दिव्य गुण भयो भने देवता हुन्छन् । देवता आकाशबाट उत्रिदैनन् यही बन्छन् । चलचित्रमा देखाए जस्तो चमत्कारको कुरा होइन ।
Now the state of creation has come down to the last moment. This cycle of creation has to be renewed, that is, it has to be sanctified. It is said that some of us may be Gandhi – some may be Gautam. Gods and goddesses also become some of us. Only if he has divine power, divine qualities, then he becomes a deity. The Deity souls do not come down from the sky. Not as miraculous as shown in the movie.
संसारको उत्थान र पतनमा हामी मानव आत्माहरुको प्रत्यक्ष भूमिका रहन्छ । वर्तमान समय हामी यूग परिवर्तनको संघारमा उभिएका छौं । यो कलियूगी कालरात्री पश्चात यसै धरामा स्वर्णीम यूगको शुभारम्भ हुदैछ । तसर्थ समय भन्दा पहिला हामी वदलिन जरुरी छ र विश्व नियन्ता परमात्मा पिताको आज्ञाको पालना गर्न आवश्यक छ अन्यथा पश्चातापमा खुनका आँशु वगाउनुपर्ने नआउला भन्न सकिदैन । ओम् शान्ति ।।
लेखक डिभिजन वन कार्यालय,दाङ्गका अधिकृत एवं ब्रह्माकुमारीज संस्थामा आवद्ध एक आद्यात्मिक अभियन्ता हुन् ।