दाङ, १९ जेठ । पोषणयुक्त खाना खुवाएर पद्मोदय नमूना माध्यमिक विद्यालय भरतपुरले आफ्नो स्थापना दिवस मनाएको छ ।
विद्यालयले क्वारेन्टाइनमा बसेकालाई पोषणयुक्त खाना खुवाएर सोमवार ७४औं स्थापना दिवस मनाएको हो । विद्यालयको क्वारेन्टाइनमा २५ जना बस्दै आएको विद्यालयले जनाएको छ ।
स्थापना दिवसको अवसरमा विद्यालयका संस्थापकहरुलाई सम्झना गरेको छ । त्यस अवसरका विद्यालयका कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरुले घोराही उपमहानगरपालिकाको कोरोना कोषका लागि २ लाख रुपैयाँ सहयोग गरेको विद्यालयका प्रअ रामप्रसाद जैसीले जानकारी दिए ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालको प्रमुख आतिथ्यमा भएको थियो । त्यस अवसरमा विद्यालयका प्रअ गोविन्द्रप्रसाद न्यौपाने, विद्यालयका संस्थापक परिवारका सदस्य धुव्र श्रेष्ठलगायतले भनाइ राखेका थिए ।
कार्यक्रमको बारेमा प्रअ रामप्रसाद जैसीले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक निशान्त आचार्यले गरेका थिए । विद्यालयले बेलुका दीप प्रज्वलन गरेको थियो ।