शबहरु भेरी अस्पतालमा, सनाखत हुन बाँकी
दाङ, १९ जेठ । भारतमा काम गर्न गएका मजदुरहरु बोकेर नेपालगञ्जवाट सल्यान तर्फ जाँदै गरेको गाडि पुर्व पश्चिम राजमार्गको अगैयामा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएकोछ ।
भारतबाट आएका ती मजदुरलाई दाङ हुँदै सल्यानतर्फ लैजान हिँडेको बस सडकमा बिग्रिएर रुकेको ट्रकमा ठक्कर खाएको थियो । सो घटनामा २१ जना घाइते भएका छन्।
मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मजदुर बोकेर सल्यान जाँदै गरेको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडी ट्रकको पछाडीबाट ठोक्किदां दूर्घटना भएको थियो ।
मृतकहरूको हालसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबैलाई राति नै भेरी अस्पतालमा पुराइएको थियो ।