प्रिया स्मृति ढकाल
नेपालगञ्ज १९ जेठ । नेपालगञ्जवाट सल्यानतर्फ जाँदै गरेको सवारी दुर्घटनामा मृत्यु भएकाहरुको कोरोना जाँच गर्नका लागि स्वाब लिन थालिएको छ ।
उनीहरुलाई कोरोना भए नभएको पुष्टि गर्न स्वाब लिइ परीक्षण गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । भारतबाट नेपालगन्जको जमुनाह नाकाबाट भित्रीएका ३३ जनालाई लिएर सल्यान हिडेको हाइस गएराती ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो भने २१ जना घाइते भएका छ्न् ।
घाइते सबैको भेरी अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ । शब पनि अस्पतालमै राखिएका छ्न् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले भने, आबश्यक परे घाइतेको पनि स्वाब लिइने छ ।
अहिलेसम्म शबको सनाखत हुन भने सकेको छैन ।