calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

चुनावी मैदानमा होमिएका ‘तारा’

गाोरक्ष समाचारदाता
दाङ,११ मंसिर । कोहि दुखी भेटियोस्, उनि टुप्लुक्कै ‘मल्हम’ बन्न पुग्छन् । बिकास ‘नपुगेको वा भत्केको’ भन्ने सुन्नासाथ फाईल बोकेर सरकारी कार्यालयमा धाउन कहिल्यै हिच्की चाएनन् । नेपाली कांग्रेसको भातृसंगठन नेवाल तरुणदल घोराही १६ का अध्यक्ष तारावहादुर डिसी सामाविक सेवाभावमा राजनीतिक स्वार्थ भन्दा माथि उठेर अहोरात्र खटिए । त्यसोत, उनि समाजसेवा बाटै राजनीतिमा प्रवेश गरे ।

त्यहित, अहिले पनि उनको सामाजिक सेवाको भाव मरेको छैन । सामाजिक योगदानबाट राजनीतिमा प्रवेश गरेका उनै तारा अहिले जनप्रतिनिधि बनेर चकमन्न बन्ने अभियानमा छन् । घोराही १६ को वडा अध्यक्षका लागि प्रतिष्पर्धि बनेका तारा वडाको बिकास र समाजका लागि अँझै चहकिला बन्ने प्रणमा छन् । ‘मैले हिँजो कुनै पनि पदमा नरहेर समाजका लागि जे गरेँ, त्यो वडाबासीहरुलाई थाहा छ,’उनले भने ‘समाजका लागि थप योगदान दिन जनप्रतिनिधि बन्ने सपना साँचेको छु ।’ तपाई जनप्रतिनिधि बनेर बिकास गर्ने आधार के ? निशंकोच उनको जवाफ छ ‘मेरो विगतको योगदान हेरिदिए मात्रै काफी हुन्छ ।’ तपाईको विगतलाई सम्झाईदिनुस्न ?

समाजमा हुने दुखी बिरामीलाई उपचारका लागि आँफैले आफ्नै पहलमा उपचार गरेको सहयोगी भावको उदाहरणलाई पहिलो नम्बरमा सुनाए । क्यान्सर पिडित विवेक चौधरीको उपचार खर्च जोहोमा उनले गरेको समाजसवाको अर्को ज्वलन्त उदाहरण हो । यस्तै अपांगता भएका मनोज चौधरीको उपचारका लागि गरेको उनको आर्थिक सहयोगलाई पनि उनै मनोज , मनोजको परिवार र मनोजको छिमेकीले बिर्सिसकेका नहोलान् । यसका साथै गाउँसमाजमा हुने असहाय तथा अस्वस्थहरुलाई अस्पताल सम्म पुर्याएर औषधिमुलो गरिदिने उच्च समाजसेवाका पर्याय उनै तारा बनेका छन् ।

उनले समाजमा गरेको स्वास्थ्य उपचारको योगदान मात्रै हैन, वडामा उनले गरेको बिकासलाई समेत उनको महत्वपूर्ण योगदानमा सुचिकृत गर्न सकिन्छ । जस्तै उनले वडाका ६० घरपरिवारलाई बिद्युत विस्तारका पहल गरेका थिए । उनकै समन्वयमा अहिले विद्युत विहिन ६० घरपरिवार उज्यालिएका छन् । यस्ता अनेकन बिकासे काममा पनि तारा समाजमा उज्यालिएका युवा हुन् ।

२०३६ सालमा बुवा चतुरमान डाँगी र आमा तुलसा देवि डाँगीको कोखबाट जन्मिएका ताराले समाजसेवा हुँदै बिद्यार्थी राजनीतिबाट कांग्रेसको औपचारिक राजनीति थालेका थिए । उनि कांग्रसेका कृयाशिल सदस्य हुन् । मतदाताबाट वर्तमान सरकारले देखाएका झुठा आश्वासन सुनेका ताराले स्थानीय सरकारको नेतृत्वबाटै बिकास प्रदान गरेर सरकारको अनुभुत गराउने लक्ष बोकेका छन् । कार्यकर्तालाई मात्रै बिकास बजेट बाँडेको र आँफूहरुलाई सरकारले हेपेको भन्ने मतदाताको गुनासोलाई पनि उनले उत्तिकै प्राथमिकतामा राखेका छन् ।

उनले कार्यकर्तामुखी विकासको गलत संस्कारलाई तोडेर समानुपातिक बिकासको अनुभुत गराई छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस्तै सडक सञ्जाललाई बढावा, वडाबासीका लागि शुद्ध पिउने पानी सिँचाई लगाएतका आधारभुत आवश्यक्ता पूर्तिका लागि आफ्नो उम्मेदवारी रहेको उनले वताए ।

हाल बन्द अवस्थामा रहेको सर्रा स्थित बालअस्पताललाई पुनरजीवीत पार्नुलाई उनले अर्को महत्वपूर्ण चुनावी अजेण्डा बोकेका छन् । साविकका १ र ९ नम्बर वडा मिलेर बनेको १६ नम्बर वडाका सबै मतदाताहरुलाई कुनै पनि भेगिय विभेद हुन नदिने उनको अठोट छ । मतदाताहरुले आँफूप्रति देखाएको अगाध प्रेम र स्नेह कै कारण आँफूले निर्वाचन जित्नेमा उनी ढुक्क छन् । ‘चुनावी दौडका क्रममा म जहाँ जहाँ पुगे त्यहाका मतदाताहरुले मप्रति अथाह प्रेम स्नेह र हौसला देखाउनुभएको छ’ उनले भने–‘मतदाताहरुको यही प्रेमले मलाई जिताउनेछ ।’