स्वर्गीय लछिन बुढाको सपना पुरा गर्न मेरो उम्मेदवारी : चौधरी
स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते हुँदैछ । जस अन्तर्गत घोराही उपमहानगरपालका वडा नं. १६ मा वडाध्यक्ष पदका लागि हँुदैछ । निर्वाचनका लागि अहिले उम्मेदवारहरु जनताको घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त छन् । घोराही उपमहानगरपालिका वडा नं. १६ मा निर्वा्चित अध्यक्ष लछिनप्रसाद बुढामगरको निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन हुन थालेको छ ।
निर्वाचनको दिन नजिकिदै गर्दा उम्मेदवारहरु घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त छन् । वडाध्यक्ष पदका लागि दुई स्वतन्त्र उम्मेदवारसँगै अहिले ७ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् । यो उपनिर्वाचनमा पार्टीले वडाध्यक्षको निर्वाचनमा स्वर्गीय लछिन बुढाकी श्रीमति लालमति बुढालाई उठाउने विश्वास थियो ।
तर पार्टीले बुढाको स्थानका अर्काे व्यक्तिलाई उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारीका रुपमा घोराही उपमहानगरपालिका वडा नं. १६ मघै निवासी जगलाल चौधरीले उम्मेदवारी दिएका छन् । नेकपा घोराही कमिटि सदस्य रहेका चौधरीले आफ्नै पार्टीका उम्मेदवारका विरुद्ध बागी उम्मेदवार दिएका चौधरीले आफुले स्वर्गीय लछिन बुढाको सपना पुरा गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएको बताउँदै आएका छन । यसै सन्दर्भमा गोरक्षकर्मी लिलाधर वलीलेले स्वतन्त्र उम्मेदवार जगलाल चौधरीसँग गरेको कुराकानीं ।
तपाईले स्वतन्त्र उम्मेदवारी किन दिनुप¥यो ?
म नेकपाको नगर कमिटि सदस्य हुँ । तर अहिले पार्टीले कारवार्ही गरेको खवर सुनेको छु । यसमा मलाई दु.ख पनि छ । हिजो पार्टीका लागि मैले धेरै दु.ख गरेको मान्छे हुँ । तर पार्टीमा दु.ख गरेका मान्छेलाई भन्दा पनि नेताका पछि लाग्ने मान्छेहरुलाई अवसर दिने प्रचलन बढ्दै गयो । पार्टीमा टिके प्रथाको हावी भयो । निर्वाचनमा वडामा पहिलो नम्वरमा सिफासिर भएको मान्छेको नाम फालेर सुन्दै नसुनेको मान्छेलाई उम्मेदवार बनाईयो । त्यसमा मेरो असहमी छ ।
हिजो वडामा पार्टीलाई जोगाउन स्वर्गीय लछिनप्रसाद बुढाको महत्वपुर्ण भुमिका छ । त्यसैले वडा कमिटिले स्वर्गीय लछिनप्रसाद बुढाकी श्रीमतिलाई पहिलो नम्वरमा नाम सिफारिस गरेको थियो । तर पार्टीले दिएन । पोखरामा स्वर्गीय रविन्द्र अधिकारीकी श्रीमतिलाई उम्मेदवार बनाएको छ, दाङमै पनि ३ (ख)मा स्वर्गीय उत्तरकुमार वलीकी श्रीमतिलाई उम्मेदवार बनाउन हुने तर घोराही–१६ वडामा बनाउन नसक्ने ? यसैमा मेरो अडान थियो । पार्टीले उहाँको योगदानलाई भुलेर पावर र पैसाका आधारमा टिके उम्मेदवार खडा गरेपछि मैले स्वर्गीय लछिन जीले वडामा थालेको विकासको कामलाई पुरा गर्नका लागि स्वतन्त्र उम्मेदवारी दिएको दिनु परेको हो ।
स्वतन्त्र उम्मेदवारका रुपमा जनताको घरदैलोमा जादाँ कस्तो माहोल देख्नुभएको छ ?
निर्वाचनको दिन नजिकिदै छ । त्यसैले अहिले हामी चुनावी प्रचार–प्रसार तथा जनतासँग भेटघाटको कामलाई तिव्रता दिएका छौँ । अहिले पनि म भेटघाटकै क्रममा थिए । तपाईले बोलाएकाले यहाँ आएको छु । म विगत लामो समयदेखि जनताको विचमा रहेर काम गरिरहेको छु । त्यसले पनि मलाई सहजता छ ।
म नेकपा घोराही उपमहानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्ष हो । त्यसले पनि मलाई भेटघाटमा सहजता छ । फेरी गत निर्वाचनमा म स्वर्गीय लछिनप्रसाद बुढाको चुनावी प्रचार कमिटिको संयोजक भएर काम गरेको थिए । निर्वाचनपछि पनि उहाँसँग धेरै काम गरेले अहिले जनताको घरदैलोमा पुग्दा जनताहरु उत्साहित भएको पाएका छौं । जनताले राजनीतिक दलको उम्मेदवार मात्र होइन स्वतन्त्र उम्मेदवार पनि खोजेका छौँ भन्नुहुन्छ । विगतमा लछिन जीसँग मिलेर काम गरेको र वडा नं. १६ मा धेरै चौधरी र मगर समुदाय रहेकाले पनि मलाई सहजता भएको छ । एक दम राम्रो माहोल छ अहिले ।
निर्वाचनमा वडाध्यक्षको उम्मेदवार भइरहँदा तपाईले अघि सारेका वडाको समृद्धिका एजेण्डाहरु के–के हुन ?
मैले आफने घोषणा पत्रमा धेरै कुराहरु समेटेको छु । मतदाता भेटघाट तथा घरदैलोका क्रममा जनताहरुलाई भन्दै पनि आएको छु । घोराही उपमहानगरपालिका वडा नं. १६ लाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने नै मेरो मुख्य प्राथमिकता हो । हाम्रो वडामा खानेपानीको सवैभन्दा ठुलो समस्या रहेको छ, त्यसकालागि वडाका प्रत्येक बस्तीमा खानेपानीको सुविधा पु¥याउनुपर्ने आवश्यकता छ । त्यस्तै सुकुम्वासी समस्या,सिचाईका लागि डिपबोरिङ, स्वास्थ्यका लागि १५ सैयाको अस्पतालसँगै वडामा सडकहरुको कालोपत्रे गर्ने लगायतका योजनाहरु रहेका छन ।
घोराहीकै मुख्य केन्द्रसँग जोडिएपछि वडा नं. १६ सडक सञ्जाल कच्ची हँुदा विकास हुन सकेको छैन । विद्युतको समस्या छ । कृषिको धेरै सम्भावना रहेपनि पानीको व्यवस्था छैन । कृषिको विकास नहुदा धेरै युवाहरु बेरोजगार छन । त्यसका लागि गाउँमै रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता छ । त्यसकालागि गाउँमा सडक, कृषि र स्वास्थ्यको विकास मेरो प्राथमिकतामा रहेका छन ।
वडाको विकास गर्नका लागि पार्टीका उम्मेदवारहरुलाई सजिलो होला । किन कि उहाँहरुसँग टिमवर्क छ, तपाई तँ स्वतन्त्र उम्मेदवार तपाईले चुनाव जितेपछि कसरी विकास गर्न सक्नुहुन्छ ?
तपाईले भने जस्तै उहाँसँग पार्टी तँ छ । तर जनताको साथ मलाई छ । जनताको साथ लिएर म वडाको विकास गर्ने हो । पार्टीले विकास गर्ने भए आजसम्म वडाको धेरै विकास भैसक्यो । निर्वाचनका क्रममा जनताको घरमा जाने तर अघिपछि जनताको घरदैलोमा नदेखिने नेताबाट वडाको विकास संम्भव छैन । यो विगतले देखाईसकेकाले जनताले पार्टी होइन, राम्रो उम्मेदवार हेर्नेछन भन्ने मेरो विश्वास रहेको छ ।
फेरी मैले विगत लामोसमयदेखि वडाको विकासमा काम गर्दै आएको छु । म विद्यालय व्यवस्थापन समिति भएपछि घोराही १६ मा रहेको जयशेर माध्यामिक विद्यालयले ठुलो फड्को मारेको छ । मलाई जिताउन सके वडाको विकास गर्न सकिन्छ भन्ने जनतालाई विश्वास रहेको छ ।
वडाध्यक्षका लागि यो निर्वाचन अहिले तपाईजस्तै ७ जना प्रतिष्प्रर्धीहरु हुनुहुन्छ ? सात जनाहरुमध्ये मतदाताले तपाईलाई नै किन भोट दिने ?
वडाध्यक्षको प्रतिस्प्रर्धामा अहिले ७ जना उम्मेदवारहरु रहेका छौँ त्यसमा म पनि एउटा उम्मेदवार हुँ । उम्मेदवारहरु धेरै पार्टीका हुनुहुन्छ । म स्वतन्त्र जनताले उठाएको उम्मेदवार हुँ । मलाई उम्मेदवार बन्ने चाहना थिएन । तर जनताले तपाईले पार्टी र वडाको लागि ठुलो योगदान छ , तपाईले उम्मेदवारी दिनहोस हामी जिताउछौँ भनेकाले मैले उम्मेदवारी दिएको हो ।
विगत लामो समयदेखि मैले जनताको पक्षमा काम गरेको छु । वडामा सडक, शिक्षा, कृषिलगायतको विकाससँगै विद्युत विस्तारमा समेत पहल गर्दे आएको छु । जनतालाई समस्या पर्दा उनीहरुलाई साथ दिएको छु । मैले विकासका लागि विगतदेखि नै नेतृत्वमा रहेर काम गरेको छु । त्यसैले मलाई वडावासीले चिन्नु भएको छ राम्रोसँग । वडाका सम्पुर्ण टोलहरुमा पुगेको छु, कुन टोलहरुमा के समस्या भन्ने बुझेको छु । मलाई आर्थिक लाभको आशा छैन । त्यसैले वडाको विकास लागि जनताले मलाई मतदान गर्ने छन भन्ने मेरो विश्वास रहेको छ ।
निर्वाचनमा जनताको घरदैलोमा पुगिरहँदा जनताबाट तपाईले कस्तो अपेक्षा पाउनु भएको छ ?
निर्वाचनका क्रममा हामी निरन्तर जनताको घरदैलोमा छौँ । वडावासीले मलाई धेरै सहयोग गर्नुभएको छ । उहाँकै सहयोगमा अहिले प्रचार–प्रसारमा रहेका छौँ । हाम्रो प्रचार अरुको जस्तो छैन । हामीले चुनावी सभा गरेका छैनौ । जनताकै घरदैलोमा पुगेर जनतालाई भेट्दै भोग मागेका छौँ । जनताकै घरआगनमा जाहाँ उहाँहरु खुशी हुनुहुन्छ ।
विजयीको सुभकामना समेत दिने गर्नुभएको छ । मतदाताको घरआगनमा पुगिरहँदा सकारात्मक प्रतिक्रिया पाइरहेको छु । जनताको घरदैलोमा पुगेर जनताका कुराहरु बुझ्न पाएको छु । जनताले आफ्नो टोलमा भएको समस्याहरु बाटो, खानेपानी, सिचाई, विद्युतलगायतका समस्याहरु राख्नुभएको छ । त्यी समस्याहरुलाई मैले निर्वाचन जितेपछि समाधान गर्नेछु ।
मलाई निर्वाचनमा बिजयी बनाउन युवा, महिला, वृद्धसम्म सबै लाग्नु भएको छ । यसले पनि के सन्देश दिन्छ भने जनता दल होइन व्यक्ति राम्रो चाहिरहेको छ भन्ने सन्देश दिईरहेको छ ।
तपाईले आफनै पार्टीले उठाएको उम्मेदवारका विरुद्धमा बागी उम्मेदवारी दिनुभयो । तर अहिले उहाँको भन्दा तपाईको चर्चा बढि हुने गरेको छ, किन होला ?
म बलियो र कमजोर उम्मेदवार भन्दा पनि म वडावासीको उम्मेदर हो । मैले विगत लामो समयदेखि वडाको विकासका लागि काम गरेकाले मेरो पक्षमा धेरै जनमत छ । नेकपाभित्र इमान्दार नेता कार्यकर्ताहरु अहिले पनि मेरो पक्षमा हुनुहुन्छ । तर पार्टीको डरले उहाँहरु बोल्न सक्नुहुन्न । नेकपामा ओली समुह, नेपाल समूह र दाहाल समूह छ । यी समूहहरु हुदासम्म पार्टीमा इमान्दार नेता तथा कार्यकर्ताहरुले कहिल्यै अवसर पाउने छैनन् । त्यो अहिलेको उम्मेदवार चयनले देखाईसकेको छ ।
जनताको विचमा काम गरेको उम्मेदवार भन्दापनि नेताका पछि लाग्नेलाई टिकट दिने प्रचलन छ । यसका विरुद्धमा मेरो उम्मेदवारी हो । मैले लामो समय जनताको पक्षमा काम गरेको र कहिल्यै पार्टीमा पदको लोभ नगरेको नेताले कि अहिले बागी उम्मेदवारी दियो भनेर चर्चा हुनु स्वभाविकै हो । यसलाई मैले अन्यथा लिएको छैन ।
तपाईलाई नेकपाभित्रको पूर्व एमाले समूहको उम्मेदवार भनेर प्रचार गर्ने गरिएको छ,साच्चै हो ?
तपाईले भने जस्तो म पूर्व एमालेको मात्र उम्मेदवार होइन । मलाई सम्पुर्ण वडावासीको उम्मेदवार हो । उम्मेदवारीका रुपमा मैले स्वतन्त्र उम्मेदवारी दिएपनि मलाई नेकपाको साथ रहेको छ । त्यसमा पूर्व एमाले पनि छ, पूर्व नेकपा केन्द्रका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुको साथ र सहयोग रहेको छ ।
अन्त्यमा आम मतदातालाई के भन्न चाहुहुन्छ ?
म निर्वाचनका लागि उम्मेदवार बनेको छु । मैले विगत लामोसमयदेखि वडाको विकासका लागि काम गर्दै आएको छु । म जनजाति उम्मेदवार हो । मैले हिजो वडामा लछिनप्रसाद बुढाले थालनी गरेका विकास निर्माणका अपुरा कामलाई पुरा गर्ने र वडालाई समृद्ध बनाउने मेरो मुख्य काम हो । त्यसकालागि तपाईहरुले मलाई निर्वाचनमा बिजयी बनाउन आवश्यक छ । अन्त्यमा धेरै धेरै धन्यवाद छ तपाई र गोरक्ष राष्ट्रिय दैनिक परिवारलाई । मेरो बिचारहरु पत्रिकामा माध्यमबाट वडावासी मतदाताहरु र आमदंगाली जनताका विचमा विचार राख्न दिएकोमा ।