भूपेन्द्र सुवेदी
विश्व कोरोना भाइरसको आतंकले संकटमा परेको छ । जताततै हाहाकार मच्चिएको छ । मानव समुदायले आफूलाई कोठाभित्रै बन्द गर्न बाध्य भएको अवस्था छ । कोरोना महामारीको यो विषम परिस्थितिमा नेपालमा स्थापना भएको सामुदायिक वनको २४आंै बसन्त पार गरिसकेको अवस्था छ । २४औँ वर्ष पार गरेर २५औँ वर्षको सुरुवात गरेको सन्दर्भमा सबै सामुदायिक वन उपभोक्ता समूहहरु र सामुदायिक वन उपभोक्ता समूहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ नेपाललगायतले २०७७ जेठ १८ गते स्थापना दिवस मनाउने निधो गरिएको थियो । यो दिन सामुदायिक वन उपभोक्ता महासंघ नेपालको स्थापना दिवसको दिन हो । स्थापना दिवसकै सिलसिलामा नेपालभरिका सामुदायिक वनहरुमा वन र वातावरण, जैविक विविधता, वन संरक्षण, वृक्षा रोपण, वनको क्षयीकरणसम्वनधी जनचेतनामुलक विभिन्न कार्यक्रमहरु गर्ने निधो पनि भएको थियो । त्यस्तै वनको दिगो व्यवस्थापन गर्दै सामुदायिक अधिकार उद्यमशीलता र सशक्तत संगठन समृद्धिको आधारित मूल नाराका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने उद्देश्य रहेको थियो । यद्यपि देशको विकारल स्थिति कोरोना भाइरसका कारण विश्व जगत नै लगडाउनमा फसेको बेला वार्षिक स्थापना दिवस आमउपभोक्ता र स्थानीय सरोकारवाला निकायहरुसमेतमा यस विषयबारे सन्देशमुलक सूचना प्रवाह गर्न खोजिएको परिस्थिति सिर्जना गरिएको हो ।
हामीले सामुदायिक वन उपभोक्ता महासंघ नेपालको समन्वयमा २०७७ जेठ १६ गते सम्भव भय पत्रपत्रिकामार्फत सबैलाई जानकारी गराउने र जेठ १७ गते सबै समूहका सम्बन्धित पदाधिकारीहरुलाई आ–आफनो घरमा भए पनि दीप प्रज्ज्वलन गर्ने जानकारी समेत गराउने र १८ गते सम्भव भएसम्म पायक पर्ने समूह वा आ–आप्mनो करेसाबारीमा एक–एक वटा विरुवा रोप्ने आह्वान गरेका थियौँ । कार्यक्रमकै उद्देश्यअनुरुप हामीले दाङका सबै स्थानीय उपमाहानगरपालिका स्तरीय र गाउँपालिका स्तरीय महासंघका अध्यक्षहरुलाई परिपत्र समेत गरिसकेका थियौँ । वन वातावरण, जैविक विविधताको महत्व बुझ्दाबुझ्दै पनि केही तस्करहरु निजी स्वार्थको लागि देशमा लगडाउनको मौका छोपी राष्ट्रिय तथा सामुदायिक वनहरुमा वन र वन्यजन्तुको चोरी शिकारी तथा वनको काठ चोरी गर्दै गरेकोबारे समाचार हामीले सञ्चार माध्यमबाट सूचना प्राप्त गरेको अवस्था छ । दाङ जिल्ला वन डिभिजनका प्रमुखकाअनुसार त्यस्ता केही तस्करहरु पक्राउ भएका पनि छन् । यो अवस्थामा तस्करहरु निकै अग्रसर हुँदै आएका छन् । यस्तो हुनु भनेको मानव जीवन र वातावरण, जैविक विविधतामाथि अपमान गरिएको ठहर्छ ।
हामीलाई हाम्रो प्रकृतिले सृष्टिचक्रलाई निरन्तरता दिन दिगो धर्तीलाई नै जैविक विविधताले भरिपूर्ण गराएको कारण हामीले स्थानीय वन सम्पदाको माध्यमबाट विभिन्न योजना निर्माण गरेको अवस्था छ । जसमा वन विकास र वन संरक्षण, जैविक विविधताको माध्यमबाट विभिन्न टुरिस्टहरु भिœयाउने योजनाहरु पनि छन् । जसबाट अधिक आर्थिक बृद्धि गर्न सकिने उद्देश्य लिएका छौँ र केही हदसम्म आर्थिक लाभ समेत उठाइरहेका पनि छाँै । त्यसैले त हाम्रो धर्ति सुन्दर फूलबारी बन्नसकेको छ । धर्तिमा उत्पन्न भएका सबै पक्ष आपसमा एकतृत हुनसकेका छन् । त्यसैले आफ्नो अस्तित्व जोगाउन अन्य जैविक पक्षको अस्तित्व नजोगाउँदासम्म सम्भव हुनै सक्दैन । त्यसैले भन्ने गरिन्छ बाघ बिनाको वनको कल्पना कस्तो होला ? जहाँ बाघ छैन त्यहाँ वन छैन, वन छैन त बाघको के अस्तित्व ? बाघले खाने आहारा आखिर वनमै त बस्छन् । यस्ता विषयलाई यथार्थमा पृथ्वीका प्राणीमा सबै भन्दा उत्तम मानिने मानव जातिले आफनो निजी स्वार्थका निम्ति जैविक विविधता ध्वस्त पारी आफ्नै अस्तित्व विनाश गर्ने दाउँमा छौँ । यो २१औँ शताब्दीमा सर्वश्रेष्ठ प्राणी मानिने मानव जातिमा धेरै परिवर्तन भइसकेको र शिक्षित समेत भइसकेको स्थिति छ भनिन्छ, तर पनि आजको यो परिस्थितिमा मानव जातिले आफ्नो व्यवहार भने परिवर्तन गर्न सकेको अवस्था भने छैन ।
अब आउँदा दिनहरुमा मानव जातिको सुरक्षा र राष्ट्रको दिगो विकासका लागि नेपालको जैविक विविधता संरक्षणको पाटोलाई प्राथमिकतामा राख्दै विकासका गुरुयोजना निर्माण गर्नु आजको टड्कारो आवश्यकता हो । कुनै पनि विकास निमार्णको सवालमा जैविक विविधताको महत्वलाई नजरअन्दाज गर्नु हुँदैन । गाउँबस्तीमा बस्ने सिदासादा जनताले यस्तो गम्भीर प्रश्न बुझ्न सम्भब छैन । प्राकृतिले सित्तैमा हामीलाई दिएको सुन्दर संसारलाई अशक्त, कूरुप बनाउने मान्छेको व्यवहारले गर्दा मानव अस्तित्व समेत ठूलो संकटमा परेको वातावरणविदहरुले भन्दै आएको हामीले सुनेका, पढेका पनि छौँ । उनै वैज्ञानिकहरुले संयुक्त हस्ताक्षर पनि गर्दै आएका छन् । वातावरण तथा जैविक विविधताको संरक्षणमा लाग्न विश्व अभियान पनि चलेको अवस्था छ ।
यो अवस्थामा नेपाल सरकारलाई आर्थिक सहयोग हुँदै आएको र आगामी दिनमा पनि सरकारले समृद्ध नेपाल र सुखी नेपालीको हौवा दिने नै छ । स्थानीय वन सम्पदा, चुरे संरक्षण, जैविक विविधताको माध्यामबाट नेपालका विभिन्न जिल्लामा स्थापित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रभित्र रहेका पर्यटकीय स्थलहरु जो वनसम्पदाभित्रै पर्दछन् र जसबाट आर्थिक उपार्जनको सम्भावना अत्यधिक छ, यो क्षेत्रलाई २०७७÷२०७८ को आर्थिक बजेटले खासै छुन सकेको देखिएन । जहाँबाट बढी आर्थिक लाभ लिन्छ र लिँदै आएको छ त्यही क्षेत्रलाई वेवास्ता गरिएको महशुस वनकर्मीहरुले पाएका छाँै । त्यस्तै नेपाललाई कृषि क्षेत्रमा अब्बल गराई खाद्यवस्तुमा परनिर्भर नभई घरनिर्भर हुनसक्ने योजना ल्याउनुपर्नेमा आगामी बजेटले दूधजन्य वस्तु र मासुजन्य वस्तुमा हामी आत्मनिर्भर हुने योजना ल्याएका छौँ भन्ने अर्थमन्त्रीको बजेट भाषणले के जनाउँछ ? के नेपालीका लागि अब दूध, दही, ध्यू र माछामासु, अण्डा मात्र भए पुग्छ र ? खाद्यका लागि आत्म निर्भर हुने कृषि र कृषकको बारेमा सोच्नु पर्दैन र ?
तर पनि दुई तिहाईको सरकारले नेपाली नागरिक चेतनशील भइसकेको हौवा दिन पछि हट्दैन । चेतनाको अभिबृद्धि वैचारिक प्रक्रिया हो । जब परिवर्तनको क्रममा सामाजिक वास्तविकतालाई मानिसले आप्mनो वस्तुगत स्थितिसँग जोडेर हेर्न थाल्छ त्यसबेला उसलाई आप्mनो सामाजिक अस्तित्वबारे नया चिन्ता लाग्नु र त्यसप्रति प्रश्न गर्नु स्वाभाविक नै हो । हिजोसम्म कुनै ठीक मानिएका सामाजिक अन्तरसम्बन्ध र क्रियाकलापबारे अनेकन दृष्टिकोणबाट प्रश्न खडा हुन थाल्छ । यसक्रममा हिजोको सम्झना, संस्कार र सामूहिक अनुभव, संस्था र इतिहासको आफनै महत्व रहन्छ । अर्कोतिर परिवर्तनको क्रममा निस्किएको नयाँ प्रविधि र तत्वहरुले पुरानो सन्तुलन या प्रक्रियामा खल्बल मच्चाउँछ । यसमानेमा भूत र गतिशील वर्तमानको संगमले सामाजिक अन्तर सम्बन्धको बनोटप्रतिको दृष्टिकोणमा प्रभाव पार्दछ । अर्थात् यदि भूत नै वर्तमानमा हाबी छ भने त्यो समाज आँखा कान, भए पनि हेर्न नसक्ने र सुन्न नसक्ने मानिसमा परिणत हुन्छ भने त्यही रुपमा भूतको अस्तित्व वर्तमानमा पटक्कै छैन भने मानिसको स्थिति चौबाटोमा अल्मलिएको घरको ठेगाना नभएको बटुवामा परिणत हुन जान्छ । सामान्यतया भूतको सम्झना र वर्तमानको गतिशीलताले नयाँ दृष्टिकोणको निर्माण गर्न सक्छ र यस मानेमा नयाँ चेतनाको सुरुवात गराउँछ । यसको तात्पर्य नेपालको राज्य सञ्चलकहरुले जे–जे परिवर्तनको ढौङ गरे पनि हिजोको जकडिएर बसेको नीति नियमको बारेमा आजको अवस्थासम्म आइपुग्दा उही पुरानै भूतको अस्तित्वमा रुमलिएको अवस्था छ ।