पार्वती बस्नेत
दाङ,१८ जेठ । आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेड घोराही दाङले आइतवार बंगलाचुली गाउँपालिकामा सहयोग रकम हस्तान्तरण गरेको छ ।
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० ले गर्दा बिश्वलाई नै आर्थिक तथा सामाजिक रुपमा प्रभाबित बनाईरहेको समयमा सस्थाले गाउँपालिकालाई सहयोग गरेको हो ।
बंगलाचुली गाँउपालिकामा रहेका अति बिपन्न तथा सिमान्तकृत समुदायलाई राहतमा सहयोग पु¥याउने उद्देश्यले आत्मनिर्भर लघुबित्त बित्तिय संस्थाका ऋण अधिकृत कालिदास चौधरीले गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीलाई १० हजार नगद रकम हस्तान्तरण गरेका हुन ।
संस्थाले आगामी दिनमा पनि यसैगरी आफुले सक्ने जत्तिको सहयोग गर्दै जाने आत्मनिर्भर लघुबित्त बित्तिय संस्थाका ऋण अधिकृत चौधरीले जानकारी दिएका हुन ।