दाङ, १८ जेठ । कोरोना संक्रमण बढिरहेका बेला बिद्यालयमा बिद्याथी भर्नाका लागि थालिएको प्रयास प्रति नेपाल विद्यार्थी संघ दाङले आपत्ति जनाएको छ । उसले बिद्यार्थी भर्नाका लागि थालिएको तयारी अहिले रोक्न पनि माग गरेको छ ।
नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्ष टोपवहादुर बुढाथोकी र महेन्द्र बहुमुखी क्याम्पस ईकाई सचिव कुलराज पोख्रेलले बिज्ञप्ती जारी गर्दै कोरोना संक्रमण बढिरहेका बेला बिद्यार्थी भर्ना गरेर साना बालबालीकाहरुलाई कोरोनाको जोखिममा नपार्न सम्वन्धीत पक्षलाई आग्रह गरेका हुन् ।
अहिलेको कहरका बेला विद्यार्थी भर्ना गर्न खोज्नुको उदेश्य नितान्त आर्थिक संकलन भएकाले विद्यालयले आफ्नो आर्थिक प्रयोजनका लागि बालबालीकाहरुको जीवनमाथि खेलवाड गर्न नहुने भन्दै नेविसंघले सचेत गराएको छ ।