संघबाट दाङका १० सरकारलाई ४ अर्ब ३८ करोड
अमरराज आचार्य
दाङ, १७ जेठ । संघीय सरकारले जिल्लाका १० स्थानीय तहलाई ४ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ बजेट दिएको छ । सरकारले नयाँ आर्थिक वर्ष ०७७÷०७८ को बजेट जेठ १५ गते घोषणा गरेको थियो । संघीय सरकारको बजेटसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारहरु पनि नीति तथा कार्यक्रमसँगै बजेट विनियोजनमा जुट्न थालेका छन् । अधिकांश प्रदेश सरकारले वार्षिक नीति कार्यक्रम ल्याइसकेका छन् भने बजेट ल्याउने तयारीमा छन् । संघीय सरकारपछि प्रदेश सरकारले बजेट ल्याउने व्यवस्था छ । संघीय सरकार, प्रदेश सरकारले बजेट ल्याइसकेपछि त्यसैको आधारमा स्थानीय सरकारहरुले बजेट ल्याउने व्यवस्था छ । स्थानीय सरकारहरुले असार १० गतेसम्म नीति तथा कार्यक्रमसँगै बजेट समेत ल्याइसक्ने संवैधानिक व्यवस्था छ । जिल्लाका स्थानीय तहरुले नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी थालेका छन् ।
संघीय सरकारले आउँदो आर्थिक वर्ष २०७७÷०७८ का लागि दाङमा ४ अर्ब ३८ करोड ७७ लाख बजेट विनियोजन गरेको छ । जुन बजेट जिल्लामा रहेका १० वटा स्थानीय तहहरुमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र सम्पुरक अनुदानमार्फत् पाउने भएका छन् । घोराही उपमहानगरपालिकामा ९७ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ । समानीकरण अनुदान ३२ करोड ७२ लाख, सशर्त अनुदान ६२ करोड ९७ लाख, विशेष अनुदान एक करोड १० लाख र सम्पुरक ७२ लाख प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकामा ८९ करोड ७८ हजार विनियोजन गरिएको छ । समानीकरण अनुदान ३० करोड ४५ लाख, सशर्त अनुदान ५५ करोड ३४ लाख, विशेष अनुदान २ करोड ५० लाख समपुरक अनुदान एक करोड ४९ लाख विनियोजन गरिएको छ । लमही नगरपालिकामा ४६ करोड ६२ लाख बजेट विनियोजन गरिएको छ । समानीकरण अनुदान १४ करोड ३० लाख, सशर्त अनुदान ३० करोड ७२ लाख विशेष अनुदान एक करोड ६० लाख विनियोजन गरिएको छ । गढवा गाउँपालिकामा ३३ करोड ६७ लाख विनियोजन गरिएको छ । समानीकरण अनुदान १२ करोड ४५ लाख, सशर्त अनुदान २० करोड ७२ लाख, विशेष अनुदान ५० लाख विनियोजन गरिएको छ ।
यसैगरेर दंगीशरण गाउँपालिकामा २३ करोड विनियोजन गरिएको छ । समानीकरण अनुदान ९ करोड ४७ लाख, सशर्त अनुदान १३ करोड ५३ लाख विनियोज गरिएको छ । बंगलाचुली गाउँपालिकामा ३० करोड ४५ लाख विनियोजन गरिएको छ । समानीकरण अनुदान ९ करोड ५७ लाख, सशर्त अनुदान २० करोड ८८ लाख विनियोजन गरेको छ । बबई गाउँपालिका २८ करोड ४९ लाख विनियोजन गरिएको छ । समानीकरण अनुदान १० करोड २५ लाख, सशर्त अनुदान १५ करोड ४६ लाख, विशेष अनुदान एक करोड ५० लाख सम्पुरक अनुदान एक करोड २८ लाख विनियोजन गरिएको छ । यसैगरेर राजपुर गाउँपालिकामा २७ करोड १५ लाख विनियोजन गरिएको छ ।
समानीकरण अनुदान ९ करोड ८२ लाख, सशर्त अनुदान १६ करोड २३ लाख, विशेष अनुदान एक करोड १० लाख विनियोजन गरिएको छ । राप्ती गाउँपालिकामा ३३ करोड १२ लाख विनियोजन गरिएको छ । समानीकरण अनुदान १३ करोड ३ लाख, सशर्त अनुदान १९ करोड ५९ लाख र समपुरक अनुदान ५० लाख विनियोजन गरिएको छ । शान्तिनगर गाउँपालिकामा २८ करोड ९८ लाख विनियोजन गरिएको छ । समानीकरण अनुदान ९ करोड ९७ लाख, सशर्त अनुदान १६ करोड ९१ लाख, विशेष अनुदान एक करोड १ करोड ३० लाख र सम्पुरक अनुदान ८० लाख विनियोजन गरिएको छ ।