चोकमै दिन काट्छन् प्रदेशीहरू

बालाराम खड्का
तुलसीपुर, १७ जेठ । समन्वयको अभावमा घर हिडेका यात्रुहरुलै बाटोमा अल्पत्र पर्ने गरेका छन् । उनीहरुले भोकभाकै चोकमा बसेर दिन काट्नुपरेको गुनासो गरेका छन् । लकडाउनसँगै सरकारले भारत तथा अन्य क्षेत्रबाट आ–आप्mनो क्षेत्रमा आप्mना नागरिकलाई ल्याउन दिने निर्णयसँगै सयौँको संख्यामा मानिसहरु दैनिक विभिन्न जिल्लामा फर्कर्ने गरेका छन् । तर उनीहरु भने सहज रुपमा गन्तव्यमा पुग्न भने सकेका छैनन् ।
पहुँच हुनेहरु भने राम्रा–राम्रा गाडीमा दैनिक सोही सडकबाट हुइँकिने गरेका छन् । दुई दिन अगाडि काठमाडौँबाट आफूहरु आएको र रुकुमसम्म जाने गाडीहरु नभेटाएपछि चोकमै बस्न बाध्य भएको रुकुम पश्चिमकी ईश्वरी विकले गुनासो गरिन् । उनले आफूहरुले वडाध्यक्षलाई फोन गरेको र कुनै गाडी खोजेर आउन भनेको बताइन् । ‘दुई दिन भयो यहाँ आएको अध्यक्षलाई फोन गर्दा गाडी रोकेर आउ हामी भाडा दिन्छौँ भन्नुभयो’–उनले भनिन् । उनीजस्तै शनिवार विहान नेपालगञ्जबाट आएका यात्रुहरुले पनि सल्यान जान गाडीको पर्खाईमा रोडमा छन् । ‘विहान गाडीले यही चोकमा झारिदियो, अब कसरी जाने समस्या छ’–सल्यान थारमारेका विक्रम पुनले भने ‘आफूहसँगै ६÷७ जनाको टोली छ ।’ काखमा साना–साना बच्चाहरु च्यापेका उनीहरुले आफूहरुलाई खानको पनि समस्या हुने गरेका बताए ।
‘बजार पनि बन्द छ, खाना पनि पाइएको छैन, घर जान पनि पाइएको छैन’ –यात्रुहरुले गुनासो गरे । पछिल्लो समयमा गाडीले चोकमा ल्याएर छोड्ने र समन्वय नहुँदा नागरिकले दुःख पाएको तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए । शाहले समन्वयको अभावमा निकै समस्या भएको सुनाए । ‘समन्वयको अभावले यात्रुहरुले दुःख पाउनुभएको छ, हामीले व्यवस्थापन गरेर पठाउने गरेका छौँ’–शाहले भने । तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा, जनप्रतिनिधि, यातायात व्यवसायी र सुरक्षाकर्मीहरु दैनिक चोकमा आउने यात्रुहरुलाई व्यवस्थापन गर्न लागेको उनले बताए । उनले शनिवार मात्र विभिन्न क्षेत्रबाट आएका एक सय बढीलाई व्यवस्थापन गरेको बताए । ‘चोकमा आएर बस्नुभएको हुन्छ, गाडी पाउँदैन कसरी पठाउने, सम्बन्धित जिल्लाकाले समन्वय गर्नुहुन्न’ –अध्यक्ष शाहले भने । यसैगरी यातायात व्यवसायी प्रकाश भट्टले अलपत्र यात्रुहरुलाई गन्तव्यमा पु¥याउन आफूहरु दैनिक लागेको बताए । ‘नेपालगञ्ज, काठमाडौंलगायतका स्थानबाट आएर यहाँ चोकमा बस्नुहुन्छ, कसरी व्यवस्थापन गर्ने ?’ उनले भने । भट्टले यात्रुहरुलाई ट्रक बस जिपालाई अनुरोध गरेर गन्तव्यमा पठाउने गरेको बताए । ‘फाटफुट छुट्टाछुट्टै जिल्लाका हुनुहुन्छ, साधनमा पठाउने अवस्था हँुदैन, व्यवस्थापन गर्न समस्या छ’ –अध्यक्ष शाहले भने ।