लमहीमा आइतवार र विहिवार फेन्सीलगायतका पसलहरु खुल्ने

शिवराज खनाल
लमही,१७ जेठ । लमहीमा अब सातामा २ दिन फेन्सी लगाएतका अन्य पसल पनि खुल्ने भएका छन ।

प्रत्येक हप्ताको आईतबार र बिहिबार दुई दिन बिहान ६ देखि ९ बजेसम्म फेन्सी, मोबाइल, जुत्ता, स्टिल दराज, कस्मेटिक ,सोरुमलगायतका पसलहरु खुल्ला हुने भएका छन ।

देउखुरी उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यलय दाङ संघको समन्वयमा आइतबार देखिनै साताको २ दिन पसलहरु खोल्ने निर्णय गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिएका छन ।

जनतालाई अत्यावश्यक खाद्यान्य, एग्रोभेट तथा तरकारी पसल भने प्रत्यक दिन खुल्दै आएका छन । साथै सामान किनमेल गर्न आउदा वा सामान बिक्री वितरण गर्दा सामाजिक दुरी कायम गरेर भिडभाड नहुने गरि पसल सञ्चालन गर्न समेत उद्योग बाणिज्य संघले आग्रह गरेको छ ।