तुलसीपुरमा मन्दिप भुजको हत्या,घट्नामा संलग्न भएको आशंकामा ८ जना नियन्त्रणमा

दाङ,१७ जेठ । तुलसीपुरमा एक युवकको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निबासी २८ बर्षका मन्दिप भुजको शव शनिवार विहान फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिएका छन ।

अटोभिलेजदेखि करिब डेढ सय मिटर उत्तरतर्फ ज्ञानज्योति आधारभुत विद्यालयको भवन पछाडी भुजेलको शनिवार बिहान मृत अवस्थामा फेला रेको हो । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घट्ना स्थल पुगेको थियो । घट्नाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रहरी निरीक्षक डम्बरपालको नेतृत्वमा घटना स्थल पुगेको प्रहरी टोली अनुसन्धान सुरु गरेको छ । यसैबिच प्रहरीले अनसुन्धानका लागि स्थानीय ८  जना युवकलाई नियन्त्रणमा समेत लिएको छ । भुजले अटोभिलेजमा रेडिवाटरको काम गर्थे ।