नेपाल सार्की समाज दाङद्वारा रुकुम घटनाको बिरोध

घोराही, १७ जेठ । नेपाल सार्की समाज दाङले रुकुम पश्चिममा जातीय बिभेदका कारण ५ जनाको निधन भएको र १ जना बेपत्ता हुने गरी भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका आध्यक्ष देबकुमार सार्कीले बिज्ञप्ती जारी ध्यानाकर्षण भएको बताएका छन ।

रुकुम पश्चिममा भएको घटनामा ज्यान गुमाएकाहरुलाई उचित क्षतिपुर्तिसँगै सामाजिक शहिद घोषणा गर्न र घटनामा संलग्न दोषीलाई तत्काल कानुन बामोजिम कारबाही गर्न माग गरेका छन ।

घटनाको तत्काल समाधानका लागि ढुलासुुस्ती नगर्न सरकारसंग माग गरिएको छ । साथै छानबीन समितिले निष्पक्ष रुपमा प्रतिबेदन तयार पारी सार्बजनिक गर्ने बिश्वास बिज्ञप्तीमा गरिएको छ ।

उता राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य संजिव छिनालले रूकुम पश्चिममा भएको घटनाका दोषी तथा हत्याराहरूलाई हदैसम्मको कारवाहीको माग गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ती जारी गरी कार्यपालिका सदस्य छिनालले यस्तो माग गरेका हुन ।