चट्याङ लागेर रोल्पामा २ को मत्यु

जेठ, १६ रोल्पा । चट्याङ लागेर रोल्पामा दुईजनाको मृत्यु भएको छ । शुक्रवार बिहान घरमै बसिरहेका बेलामा चट्याङ पर्दा गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका–७ गैरीगाउँका, ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढालाई रोल्पा अस्पताल लैजाने वित्तिकै मृत्यु घोषणा गरेको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले बताए । रोल्पामा चट्याङ लागेर यो वर्ष मात्रै ४ जनाले ज्यान गुमाइसकेका छन् ।