Goraksha

National Daily

खुमबहादुर खड्का स्मृति भवनको शिलान्यास

दाङ,१५ जेठ । दाङको घोराहीमा नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्का स्मृति भवनको शिलान्यास गरिएको छ । घोराही उपमहानगरपालिका–१५ नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको स्थानमा खुमबहादुर स्मृति भवनको निर्माण गर्न थालिएको हो ।

नेपाली कांग्रेस पार्टीका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री समेत रहेका स्वर्गीय खड्काको सम्झानामा स्मृती भवन निर्माण गर्न थालिएको हो । विहिवार घोराही एक कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ र नेपाली काग्रेस दाङका सभापती किर्तीबहादुर खडकाले सयुक्त रुपमा भवनको शिलन्यास गरेका हुन ।

भवन शिलान्यास कार्यक्रममा बोल्ने बक्ताहरुले कांग्रेस नेता खुमबहादुर खड्काको सम्झनामा स्मृति भवन निर्माण गर्न थालिएको बताएका थिए । भवन प्रदेश सभा सदस्य अर्जुनकुमार श्रेष्ठको सांसद विकास कोषको रकमबाट निर्माण हुन थालेको हो । सांसद विकास कोषको २५ लाख र उपभोक्ता समितिको लगानीमाभवन निर्माण हुन थालेको नेपाली काग्रेस दाङका उपसभापति तथा भवन निर्माण समितिका संयोजक कमानसिंह भारतीले जानकारी दिएका छन ।