स्वास्थ्य र कृषि क्षेत्रमा बजेट बढ्यो

काठमाडौँ

अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोडको बजेट विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उनले आर्थिक पुर्नरुत्थान र स्वास्थ्य बजेटको प्राथमिकता सरकारले दिइएको घोषणा गर्दै स्वास्थ्य क्षेत्रमा बजेट बढाइएको जानकारी दिए ।

दुबै संसदको संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०७७÷८८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कोरोना संक्रमण नियन्त्रण तथा नियन्त्रणको लागि आवश्यक औषधि, उपकरण तथा उपचारको लागि सरकारे बजेटमा ६ अर्ब रुपैयाँ छुट्याएको जनकारी दिए ।

त्यसैगरी सरकारले कृषि क्षेत्र पनि बजेट बढाएको छ । कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको भन्दा यो ७ अर्बले बढी हो । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई संघ, प्रदेश र स्थानीय तहमार्फत परिचालन गर्ने नीति लिएको छ । यस्तै अनुदानको मल खरिदका लागि बजेटले ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन चालु आबको तुलनामा २ अर्ब रुपैयाँले बढी हो ।