गणतन्त्र दिवसमा १७ जनाको कैद मिनाह
दाङ,१५जेठ । सरकारले १३ औं गणतन्त्र दिवसका अवसरमा दाङमा १७ जना केन्दीबन्दीको कैद मिनाह गरिएको छ । जिल्लाका दुई कारागारबाट असल चालचलन भएका र ५० प्रतिशत कैद भुक्तान पुरा गरेका १७ जनाको कैदबन्दीहरुको कैद मिनाह गरेको हो ।
कैद मिनाह हुनेमा कर्तव्य ज्यान, सवारी ज्यान, चाकाचोरी, हातहतियार तथा खरखजनाका मुद्धाका केदीहरु रहेका छन । कैद मिनाह पाउनेमा घोराही कारागारबाट ७ जना र तुलसीपुर कारागारबाट १० जना कैदीहरु रहेका छन । घोराही कारागारबाट एक जना सवारी ज्यान मुद्धा र बाँकी छ जना कतव्र्य ज्यान मुद्धामा सजाय काटिरहेका कैदीहरुको कैद मिनाह गरेको घोराही कारागारका जेलर बिष्णु पाण्डेयले जानकारी दिएका छन ।
त्यसै गरी तुलसीपुर कारागारबाट कर्तव्य ज्यान मुद्धामा ३ जना, डाका चोरीमा २ जना, सवारी ज्यानमा २ जना,चोरी,हातहतियार खरखजना र आगो लगाएको मुद्धामा १–१ जनाको कैद मिनाह गरिएको तुलसीपुर कारागारका जेलर युवराज परियारले जानकारी दिएका छन ।
कैद मिनाह गरेका कैदीमन्दीहरुमा १५ जना पुरुष र २ जना महिलाहरु रहेका छन । अहिले घोराही कारागारमा २६६ र तुलसीपुर कारागारमा ४४८ जना कैदीबन्दीहरु रहेका छन ।