दाङ,१४ जेठ । दाङमा एकै दिन थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराहीका १५ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रतिष्ठानमा बुधवार गरिएको स्वाब परिक्षणमा घोराही र लमही क्षेत्रका १५ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । जसमा घोराही उपमहाननगरपालिका–१० का ३ जना रहेका छन । उनीहरु २४, ४० र ४० वर्षका पुरुषहरु रहेका छन ।
घोराही–१८ का ४ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रतिष्ठानका अनुसार उनीहरु २४, २५, ४० र ४२ वर्षका पुरुष रहेका छन । त्यसै गरेर लमही नगरपालिका–१ का २६ वर्षीय १ जना, २ का १७ र ३० वर्षका दुई जना पुरुषहरु रहेका छन ।
त्यसै गरी वडा नं. ४ मा ३६ वर्षीय पुरुष, वडा नं ५ का तीन जना कोरोनाको संक्रमण देखिएको हो । उनीहरु २० वर्षका दुई जना र २३ वर्षको एक जना रहेका छन । जस मध्य एक जना २० वर्षीया एक जना महिला रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । त्यसै गरी वडा नं. ६ मा १८ वर्षीय पुरुषमा देखा परेको हो ।
त्यसै गरेर रुकुम पूर्वका तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । पुथा उत्तरगंगा वडा नं १४ र १५ का तीन जनामा पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका उपकुलपति प्राडा संगीता भण्डारीले जानकारी दिएकी छिन । उनीहरुको उमेर खुलेको छैन । उनीहरु सवै क्वारेन्टाइनमा रहेका छन । यसअघि दाङका पाँच जना कोरोना संक्रमण देखिएको थियो ।