देवी भण्डारी
बबई,१४ जेठ । बबई गाउपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले गाउँपालिकाले बनाएको क्वारेन्टाईनमा बस्दै आएकालाई पानी सहयोग गरेका छन ।
उनीहरुले क्वारेन्टाइनमा बस्दै आएकालाई २५ हजार मुल्य बरावरको मिनिरल वाटर सहयोग गरेको बबई गाउपालिकाका हेल्थ असिष्टेन्ट शरदराज गिरीले जानकारी दिएका छन । पानी सहयोगका लागि हेल्थअसिष्टेन्ट शरदराज गिरीबाट नगद दश हजार, स्वास्थ्य संयोजक हरिबहादुर खड्काले ५हजार, स्वास्थ चौकी पुरन्धारामका ईन्चार्ज हेमराज वलीले ५ हजार तथा पन्चकुले स्वास्थ चौकीका ईन्चार्ज कमल कनौ बहादुर थापाले ५ हजार सहयोग गरेका छन ।
उक्त सहयोग रकमबाट हापुरेमा रहेको क्वारेनटाईनमा मिनिरल वाटर खरिद गरिएको गाउपालिकाका हेल्थ असिष्टेन्ट गिरीले जानकारी दिएका हुन ।
यसैविच हापुरेमा रहेको डिप्रोक्स लघुवित्त वितिय संस्थाले बबई गाउपालिकाको हापुरेमा रहेको क्वारेनटाईनमा खाद्यान्न सहयोग गरेको छ । संस्थाले बुधवार २५ हजार बरावरको खाद्यान्न गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई हस्तान्तरण गरेको हो । डिप्रोक्स लघुवित्त वितिय संस्थाले खाद्यान्न चामल ,तेल नुन ,आलु, प्याजलगायतका सामग्री सहयोग गरेको हो ।
संस्थाको कार्यालय रहेको सबै नगपालिकाहरुमा राहत स्वरुप खाद्यान्न उपलव्ध गराउने नीति अनुसार बबई गाउपालिकामा सहयोग गरिएको संस्थाका हापुरे शाखा प्रमुख केशवबावु कट्ेलले बताएका छन ।