प्रधानमन्त्री ओलीको राष्ट्रबाद कालापानीमा समर्पणः सभापति देउवा
दाङ, ९ मंसिर । नेपाली कांग्रेसका सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रबादले कालापानीमा आत्म समर्पण गरेको बताएका छन ।
नेपाली कांग्रेस क्षेत्र नं. ३(ख) प्रचार–प्रसार समितिले दंगीशरण गाउँपालिकाको श्रीगाउँमा आयोजना गरेको बृहत चुनावी सभालाई संम्वोधन गर्दै सभापति देउवाले आफुलाई राष्ट्रबादी सरकारको प्रधानमन्त्री भन्ने ओलीको राष्ट्रबाद कालापानीमा लम्पसारबादमा परिणत भएको आरोप लगाएका हुन ।
‘प्रधानमन्त्री ओलीले आफुलाई राष्ट्रबादी सम्झन्छन्, त्यही भएर गतनिर्वाचनमा जनताले उनको पार्टीलाई भोट दिएर जिताईदिए’,सभालाई संम्वोधन गर्दै सभापती देउवाले भने,‘ तर ओली राष्ट्रबादी होइनन् भन्ने अहिले प्रष्ट भयो, उनको राष्ट्रबाद कालापानीमा लम्पसार परेको छ ।’ कालापानी,लिम्यिाधुरा घट्नाले ओली राष्ट्रवादी होइनन भन्ने प्रमाणित भएको उनको दावी थियो ।
सभापति देउवाले कम्युनिष्टलाई जनताले विश्वास गरेपनि कम्युनिष्ट सरकारले जनताको विश्वासलाई विश्वासघात गरेकाले यो निर्वाचनमा कांग्रेसले जित्ने समेत बताए । अहिलेको उपनिर्वाचन महत्वपुर्ण रहेको भन्दै सभापति देउवाले जनतालाई कांग्रेसको पक्षमा मतदान गर्न समेत आग्रह गरे । ‘यो निर्वाचन सरकार बनाउनलाई होइन,सरकारलाई सच्याउनकालागि निकै महत्वपुर्ण छ’,सभापति देउवाले भने,‘ सरकारलाई दवाफ सिर्जना गर्नका लागि जनताले कांग्रेसको रुख चिन्हमा मतदान गर्नुहोस र कांग्रेसका उम्मेदवारलाई जिताउनुहोस ।’
चुनावीसभालाई बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायतका नेताहरुले सम्वोधन गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।