calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

सौडिकुलामा ट्रक दुर्घटना, चालक सामन्य घाइते

दाङ,१० मंसिर । दाङको घोराही–तुलसीपुर सडक खण्डको सौडिकुला नजिकै ट्रक दुर्घटनामा परेको छ ।

देउखुरीको लमहीबाट चामल लिएर तुलसीपुर जादै गरेको लु १ ख ८१२३ नम्वरको ट्रक मंगलबार विहान घोराही उपमहानगरपालका वडा नं. १० को सौडिकुलामा दुर्घटनामा परेको अस्थायी ट्राफिक पोष्ट नारायणपुरका इन्चार्ज असई रञ्जीत आचार्यले जानकारी दिएका छन ।

उनका अनुसार बाक्लो हुस्सुका कारण ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा ट्रक चालक सामन्य घाइते भएको इन्चाज आचार्यले जानकारी दिएका छन ।