(Rajyoga Meditation : Rules,Techniques & Achievements)
ब्रह्माकुमार माधव तिमिल्सेना
योग संस्कृत शव्द “युज” धातुबाट शुरु भएको मानिन्छ जसको अर्थ योगफल, जोड तथा नियमन हुन्छ । ध्यानलाई अंग्रेजीमा Meditation भनिन्छ जुन ल्याटिन भाषाको Meditatio (मेडिटियो) बाट उत्पति भएको हो, जसको अर्थ to think,contemplate,devise अर्थात सोच्नु, चिन्तन गर्नु वा विचार गर्नु हुन्छ । गीतामा योगः कर्मसु कौशलम् अर्थात कर्ममा कुशलता नै योग हो भनी अथ्र्याइएको छ । It is called Rajyoga Meditation Because It enables a Person to become the Master of the Self Which is King Of Yogas. राजयोग ध्यान योगहरुको राजा मानिन्छ किनकि यसले व्यक्ति स्वयंलाई आफैमाथि शासन गर्न सक्षम वनाउँछ ।
ईश्वरीय ज्ञानको चिन्तन मनन नै योग हो । योग भनेको मानसिक र शारीरिक रूपमा हामीलाई सधैं, स्वस्थ बनाई राख्ने एउटा साधना हो । वास्तवमा योग भनेको एउटा वशीकरण मन्त्र हो । आज प्रायः मानिसमा विवेक छ तर सद्विवेक छैन । ज्ञान छ तर सद्ज्ञान छैन । विद्या छ तर सद्विद्या छैन । त्यसैले पनि आजको यस आधुनिक युगमा राजयोग सिक्नु नितान्त आवश्यक महसुस गरिएको छ । राजयोग भनेको मनमा छरिएर रहेका शक्तिलाई केन्द्रित गर्ने एउटा साधना हो । अन्तर्निहित शक्तिहरुको जागृतीले जीवनमा खुशीको मात्रा बढ्न जान्छ र मानसिक स्वास्थ्य एवम् शारीरिक स्वास्थ्यमा पनि लाभ मिल्दछ । वास्तवमा राजयोग साधनाले मानव जीवनमा अन्तर्नीहित, शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जाका बीच सामञ्जस्य कायम गर्दछ । जब मानिस यी तीनै शक्तिहरूबीच पूर्ण समरसता कायम गर्न सफल हुन्छ, त्यस अवस्थामा उसको व्यक्तित्व, मूल्य, गुण र शक्तिको ज्वलन्त उदाहरण बन्दछ । व्यक्ति जस्तोसुकै समस्या, परिस्थिति र चुनौतीहरूलाई सहजरूपमा ग्रहण गर्ने र त्यसको नकारात्मक प्रभावबाट स्वयंलाई अप्रभावित राख्ने हैसियत राख्दछ ।
RajYoga Sadhana balances the underlying, physical, mental and spiritual energy in human life. When man succeeds in maintaining complete harmony between these three powers, he becomes a shining example of his personality, values, qualities and power. A person has the status of accepting any problem, situation and challenge easily and keeping himself unaffected by its negative effects.
यी तीनै शक्तिलाई स्व–कल्याण तथा सर्व कल्याणका लागि सदुपयोग गर्न र फलदायी परिणाम हासिल गर्न आध्यात्मिक ऊर्जाको मूल श्रोत परमात्मासँग व्यक्तिको मन र बुद्धिको सूक्ष्म सम्बन्ध हुनै पर्दछ । प्रत्येक अभ्यासीले आफ्नो सूक्ष्म चेतना आत्मिक स्वरूपको स्थितिको चिन्तन गर्नुपर्दछ कि म एक अभौतिक प्रकाशको पुञ्ज अजर, अमर आत्मा हुँ । त्यसैगरी संसारका सम्पूर्ण नर–नारी अन्ततः आत्मा ज्योति नै हुन् । अर्को पक्ष, हामी सबै आत्माहरूमा परमआत्मा जो परम प्रकाशमय तथा सधैंका लागि आध्यात्मिक र वैश्विक मूल्यको अखण्ड श्रोत हुनुहुन्छ वहाँको ज्ञान पनि हुनुपर्दछ । साथै मानिस यस कुरामा पनि स्पष्ट हुनु पर्दछ कि अरू सबै सांसारिक नाता सम्बन्ध अल्पकालीन र नाशवान् हुन् । केवल परमसत्तासँगको सम्बन्धमात्र सदाकालीन र अविनाशी छ । यस चेतनाका आधारमा प्यारविभोर र भावविभोर भएर परमसत्ताको याद गर्नु तथा वहाँसँग सर्व सम्बन्धको र सर्व शक्तिको प्राप्तिको अनुभव गर्नु नै राजयोग अभ्यास हो ।
राजयोगका स्तम्भ अथवा नियम
वास्तवमा योगको अर्थ ज्ञानका सागर, आनन्दका सागर, प्रेमका सागर, सर्वशक्तिमान पतित पावन परमात्मा शिवसँग आत्माको सम्बन्ध जोड्नु हो ताकि आत्मालाई पनि शान्ति, प्रेम, आनन्द, पवित्रता, शक्ति र दिव्यगुणहरूको विरासत प्राप्त हन सकोस् । योगको अभ्यासको लागि आचरणसम्बन्धी केही नियमहरूको अथवा दिव्यअनुशासनको पालना गर्नु पर्दछ किनकि योगको उद्देश्य मनलाई शुद्ध गर्नु, दृष्टिकोणमा परिवर्तन ल्याउनु र मानिसको चित्तलाई सदा प्रसन्न अथवा हर्षयुक्त बनाउनु हो । अर्को शब्दमा योगको उच्च स्थिति कुनै आधारभूत स्तम्भहरूमाथि टिकेको हुन्छ ।
राजयोगको पहिलो हो स्तम्भ हो– ब्रह्मचर्य या पवित्रता । श्रीमद्भगवद् गीतामा परमात्माले काम, क्रोध र लोभलाई नर्कका द्धारको रुपमा वर्णन गर्दै यी तीन महावैरीलाई छोड्न श्रीमत दिनुहुन्छ । भगवान भन्नुहुन्छ कामबाट क्रोध उत्पन्न हुन्छ,क्रोधत्राट मनुस्यको मति भ्रष्ट भै स्मृती नाश हुन्छ,स्मृती नाश हुनाले बुद्धिको नाशसँगै अन्त्यमा आत्माको पतन नै हुन्छ । ब्रह्मचर्य अर्थात मन वचन र कर्म एवं स्वप्नमा समेत कुनै विकारको आकर्षण नहोस् । भगवानुवाच– “शान्तात्मा विगतभीर ब्रह्मचारिवते स्थितः मनः संयम्य मच्चित्तो युक्त आसीत मत्परः (अ ६ श्लोक १४) अर्थात ब्रह्मचर्य ब्रतलाई पालना गरेर भयभीत शान्त अन्तःकरणबाट मनलाई संयमित गरेर ममा ध्यान लगाउ यस्तो योगीले नै योगको पराकाष्ठा प्राप्त गर्दछ । कर्मयोगी शारीरिक सुन्दरता या भोगवासनातिर आकर्षित हुँदैन किनकि उसको दृष्टिकोण बदलिइसकेको हुन्छ । ऊ आत्माको सुन्दरतालाई नै पूर्ण महत्व दिन्छ । उसको जीवन ‘ब्रह्मचर्य’ शब्दको वास्तविक अर्थमा ढल्किसकेको हुन्छ। अर्थात् उसको मन ब्रह्ममा स्थित हुन्छ । ऊ शरीरको सट्टा अशरीरी वा आत्माभिमानी अवस्थामा रहन्छ । अतः ऊ सबैलाई भाइभाइको रूपमा देख्दछ र आत्मिक प्रेम वा सम्बन्धको नै आनन्द लिन्छ । वास्तवमा आत्मिक स्मृति र ब्रह्मचर्यको पालनाले धेरै नै महान शारीरिक शक्ति, कार्यक्षमता, नैतिक बल र आत्मिक शक्ति दिन्छ । उसको मनोबललाई बढाउँछ । उसलाई निर्णय शक्ति, मानसिक सन्तुलन र कुशलता दिन्छ ।
दोस्रो महत्वपूर्ण स्तम्भ हो– सात्विक आहार एवं विहार । योगीको आहार र विहार युक्तियुक्त र संयमयुक्त हुनुपर्दछ भनिएको छ । योग अभ्यास त्यही व्यक्तिले ठीकसँग गर्न सक्दछ जसले न त आना–पिना अति गर्दछ न त खाना–पिनालाई विल्कुल छाडिदिन्छ । उसले सुत्ने र जाग्ने विषयमा पनि सन्तुलन र संयमपूर्वक काम लिन्छ । मानिसले जुन आहार गर्दछ त्यसले उसको मस्तिष्कमा गम्भीर प्रभाव पर्दछ । त्यसैले योगी मासु, फुल,उत्तेजक पेय पदार्थ या लागूपदार्थ सेवन गर्देन । आफ्नो पेट पाल्नको लागि ऊ अन्य जीवहरूको हत्या गर्दैन, न त ऊ अनुचित साधनबाट धन कमाउँछ । ‘जस्तो अन्न उस्तै मन’ भन्ने भनाईलाई आत्मसात गर्दे उसको मन शुद्ध हुन्छ र उसको कामना कल्याणकारी तथा भावना शुभ बनिरहन्छ । मन र ईन्द्रियलाई वशमा राखेर आशारहित संग्रहरहित भै एकान्तस्थल स्थित भएर परमात्मामा निरन्तर मन लगाउनु नै योगीको लक्षण हो । हामीले प्रयोग गर्ने भोजनमा पनि यसरी नै उत्पादन गर्ने व्यक्तिको विचारको प्रभाव, बजारमा आउँदा बिक्री गर्ने व्यक्तिको विचारको प्रभाव, खरिद गरेर ल्याउने व्यक्तिको विचारको प्रभाव साथै प्रमुख त भोजन बनाउने व्यक्तिको विचारको प्रभाव र भोजन खाने व्यक्तिको विचारको प्रभाव भोजनमा परेको हुन्छ । सच्चा योगी जीवनमा सात्विक आहारको महत्व रहेको हुन्छ ।
राजयोग विधिद्वारा परमपिता परमात्मा शिव बाबाको यादमा रहँदै, आत्माको आदि गुण– शान्ति, पवित्रता, खुशी, शुभभावनाले भरिएका विचारका साथ भोजन बनाउनु र ग्रहण गर्नुलाई सात्विक भोजन भनिन्छ । सात्विक आहारले शरीरलाई हृष्ट–पुष्ट त बनाउँछ नै साथ–साथै आत्मालाई पनि सकारात्मक विचारको आहार प्रधान गरी शक्तिशाली र ऊर्जाशील बनाउँदछ ।
तेस्रो महत्वपूर्ण स्तम्भ हो– सत्सङ्ग । ‘जस्तो सङ्ग त्यस्तै रङ्ग’, यस कथनको अनुसार योगी सदा यस कुराको ध्यान राख्दछ कि उसको सदा ‘सत्चित् आनन्दस्वरूप’ परमात्मासँग नै संगत बनिरहोस् ऊ कहिले पनि कुसंगत अथवा अश्लील साहित्य अथवा कुविचारहरूमा आफ्नो समय व्यर्थ नगुमाओस् । ऊ एक नै प्रभुको याद एवं लगनमा मग्न रहन्छ तथा अज्ञानी मिथ्याअभिमानी अथवा विकारी, शरीरधारी मानिसलाई याद गर्दैन र न त उससँग सम्बन्ध नै जोड्दछ । योगी आत्माले ईश्वरीय महावाक्यको अध्ययन गर्दछ साथै आद्यात्मिक चिन्तन मनन गर्दे व्यक्ति,प्रकृती या सबैप्रति शुभभावना र शुभकामनाको प्रकम्पन प्रवाहित गर्दछ । अझ भनौ सर्वप्रति कल्याणकारी भावना वनाईरहन्छ ।
चौथो स्तम्भ हो– दिव्यगुण । योगी सदा अन्य आत्माहरूलाई पनि आफ्ना दिव्यगुण दिव्य–विचार तथा दिव्यकर्महरूको सुगन्धले अगरबत्ती झैं सुगन्धित गर्दछ न कि आसुरी स्वभाव,विचार वा कर्मको वशीभूत हुन्छ । विनम्रता, सन्तोष, हर्षितमुखता, गम्भीरता, अन्तर्मुखता, सहनशीलता र अन्य दिव्यगुण योगका मुख्य आधार हुन् योगी स्वयं त यी गुणहरूलाई धारण गर्छ नै, साथ–साथै अन्य दुःखी र अशान्त आत्माहरूलाई पनि आफ्ना गुणहरूको दान गर्दछ र उनीहरुकोे जीवनमा सही सुखशान्ति प्रदान गराउँदछ । यी नियमहरूलाई पालन गर्नाले नै मानिस साँचो अर्थमा योगी जीवन बनाउन सक्दछ तथा रोग,शोक, दुःख वा अशान्तिरूपी भूतहरूको बन्धनबाट छुटकारा पाउन सक्छ ।
राजयोगबाट प्राप्ति
राजयोगद्धारा मुख्य वा महत्वपूर्ण आठबटा शक्तिहरु प्राप्त हुन्छन् । जसरी कछुवा आफ्ना अङ्गहरूलाई जब चाहन्छ खुम्च्याउँछ र जब चाहन्छ फैलाउँछ, त्यस्तै नै राजयोगी जब चाहन्छ आफ्नो इच्छानुसार आफ्ना कर्मेन्द्रियहरूद्वारा कर्म गर्दछ र जब चाहन्छ अशरीरी अर्थात शान्त अवस्थामा रहन सक्दछ । यस प्रकारको अशरीरी अवस्था रहनाले त्यसमाथि मायाको आक्रमण हुँदैन । यस्तो शक्तिलाई ‘खुम्चिने र फैलाउने शक्ति’ भन्दछौ । दोस्रो शक्ति हो ‘समेट्ने शक्ति’। यस संसारलाई धर्मशाला त सबैले भन्दछन तर व्यावहारिक जीवनमा उनीहरू यति विस्तार गर्दछन् कि आफ्नो कार्य र बुद्धिलाई एकाग्र गर्न चाहेर पनि गर्न सक्दैनन जबकि योगी आफ्नो बुद्धिलाई विशाल दुनियाँमा फैलाएर एक परमपिता परमात्माको तथा आत्मिक सम्बन्धको यादमा नै आफ्नो बुद्धि लगाइ राख्दछ । ऊ कलियुगी संसारबाट आफ्नो बुद्धि र संकल्पको गुन्टो वा पेटी समेटेर सदा आफ्नो घर वास्तविक स्थायी घर शान्तिधाम÷परमधाममा जान तैयार रहन्छ । जसरी वृक्षमा ढुंगा हान्दापनि मीठो फल दिन्छ र अपकार गर्नेमाथि पनि उपकार गर्दछ, त्यस्तै एउटा योगी पनि सदा अपकार गर्ने प्रति पनि शुभ भावना र कामना नै राख्दछ । यसलाई ‘सहन शक्ति’ भनिन्छ, जुन राजयोगीको लागि शक्ति वा वरदानको रुपमा प्राप्त हुन्छ ।
राजयोगद्वारा जुन चौथो शक्ति प्राप्त हुन्छ । त्यो हो ‘समाहित हुने शक्ति’ (ग्रहण गर्ने शक्ति) । योगको अभ्यासले मानिसको बुद्धिलाई विशाल बनाउँछ र मानिस गम्भीरता र मर्यादाको गुण धारण गर्दछ । थोरै खुशी वा मानपद पाएर ऊ अभिमानी बन्दैन न त कुनै प्रकारको कमी आउँदा या हानि हुने समयमा दुःखी हुन्छ । ऊ समुद्रझैं सदा आफ्नो दैवी कुलको मर्यादामा बाँधिएको हुन्छ र गम्भीर अवस्थामा रहेर अरू आत्माहरूका अवगुण नदेखेर केवल उनीहरूबाट गुण नै धारण गर्दछ । जसरी एक जौहरी आभूषणहरूलाई कसौटीमा परख गरेर त्यसको असली नक्कली कुरालाई थाहा पाउँछ त्यस्तै योगी पनि कुनै पनि मानव आत्माहरूको सम्पर्कमा आएर उसलाई सहज चिन्दछ र उसबाट कहिलेपनि सच्चाई र झूट लुकाउन सक्दैन । ऊ सदा सही ज्ञानरत्नहरूलाई नै अपनाउँदछ तथा अज्ञानका झूटा कंकड ढुंगाहरूमा आफ्नो बुद्धि फसाउँदैन । जसलाई ‘पहिचान गर्ने शक्ति’को रुपमा लिन सकिन्छ । एक योगीलाई महान ‘निर्णय शक्ति’ पनि स्वतः प्राप्त हुन सक्दछ । ऊ उचित र अनुचित कुराको शीघ्र नै निर्णय गर्दछ । ऊ व्यर्थ संकल्प र परचिन्तनबाट मुक्त भएर सदा प्रभुचिन्तनमा रहन्छ । योगको अभ्यासबाट मानिसलाई ‘सामना गर्ने शक्ति’ पनि प्राप्त हुन्छ । यदि उसको अगाडि आफ्नो निकट सम्बन्धीको मृत्यु जस्तो आपद समेत आइहाल्यो भने अथवा सांसारिक समस्याहरू तूफानको रूप नै किन धारण नगरोस् तर पनि ऊ कहिल्यै विचलित हुँदैन र उसको आत्मारूपी दियो सधै जलि नै रहन्छ तथा अन्य आत्माहरूलाई ज्ञान प्रकाश दिई नै रहन्छ । अर्को शक्ति जो योगको अभ्यासबाट प्राप्त हुन्छ, त्यो हो ‘सहयोगको शक्ति’। एक योगी आफ्नो तन, मन, धनले ईश्वरीय सेवा त गर्छ नै साथै उसलाई अन्य आत्माहरूको पनि सहयोग स्वतः प्राप्त हुन्छ । जुन कारणले ऊ कलियुगी पहाड वा विकारी संसारलाई परिवर्तन गर्न आफ्नो पवित्र जीवनरूपी औंला दिएर स्वर्ग स्थापनाको पहाड समान कार्यमा सहयोगी बन्दछ ।
Haward University का वैज्ञानिक Silver HAzard ले २०११ मा गरिएको एउटा अनुसन्धान प्रयोगमा ८ हप्ताको नियमित मेडिटेशनको अभ्यासबाट Brain को Good Part बढेको पाईयो । भारतका पूर्व राष्ट्रपति एवं वैज्ञानिक डा.ए.पि.जे.अव्दुल कलाम र एशियाका ख्यातीप्राप्त Cardiologist डा. सतिश गुप्ता तथा टिमको संयुक्त प्रयासबाट सन २०११ मा ब्रह्माकुमारीज अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आवुस्थितGlobal Hospital & Research Center df CAD( Coronary Artery Diseases Prevention) को शुरुवात गरियो ।Three Dimensional Approach for Healthcare cyf{t Rajyoga Meditation Life style,Proper Diet & Excersise का माध्यामबाट Heart Blockage खुलेको र BYpass Surgery समेत गर्नु नपरेको साथै हालसम्म करिव ९००० मुटुरोगीहरु विना अपरेशन यस प्रकारको उपचारबाट सञ्चो भएको तथ्यांकले देखाउँछ । उपरोक्त दुईबटा अनुसन्धान तथा प्रयोगबाट के सिद्ध भयो भने राजयोग मेडिटेशनले हृदय आधातबाट वच्न सकिन्छ । यतिमात्रै हैन मेडिटेशनको कारण DNA Repair भएको, Best Genes मा बृद्धि भएको साथै Brain मा Dopamine, Endrophin & Serotonic को प्रवाहले जीवनमा खुशी, आनन्द, प्रेमको सञ्चार भएको समेत एक अध्ययनले पुष्टि गरेको छ । डा. सुधा कङकरियाको भनाईमा दुव्र्यसनीहरुलाई राजयोगको अध्यास गराउँदा ९७ प्रतिशत व्यक्तिहरुले दुव्र्यसनलाई छोडेका र पुनः त्यस्तो कुलतको शिकार नभएको वताउनु हुन्छ । Meditaion ले शारीरिक र भावनात्मक रोग प्रतिरोधात्मक क्षमता समेत बढाएको कुरा विभिन्न परिक्षणबाट प्रमाणित भएको हुँदा मानव जीवनमा यसको महत्व र उपलव्धी स्पष्ट छ । तसर्थ वर्तमान कोराना भाइरसकोे महामारीबाट आफूलाई सुरक्षित राख्न राजयोग मेडिटेशन एक अचूक उपाय वन्न सक्छ ।
राजयोगलाई ज्ञानयोग, सहजयोग, बुद्धियोग, भक्तियोग, कर्मयोग, संन्यासयोग आदि विभिन्न नामले पनि चिन्ने गरिन्छ । राजयोग एक मनोविज्ञान हो । राजयोगीले घर गृहस्थ त्याग गरेर जंगलमा गएर कुटी गुफामा बसेर निश्चित आसन गर्नु पर्दैन । राजयोग परिवार र समाजमै रहेर दिनचर्यामा कुनै प्रतिकूल प्रभाव पर्न नदिई गर्न सकिन्छ । दूषित वातावरणमा सन्तुलित जीवन जीउने कला पनि सिकाउँछ । राजयोगको निरन्तर अभ्यासले अन्तर आत्माका गुप्त र सुषुप्त शक्तिहरू जागृत हुन थाल्दछन् । राजयोग आत्तरिक जगतको यात्रा हो,आफैलाई चिन्न वा केवल पुनःपहिचान गर्नका लागि । राजयोग यस्तो योग हो जुनसँग कुनै धार्मिक प्रक्रिया वा मन्त्र आदि छैन । यो कहिँपनि र कुनैपनि समयमा गर्न सकिन्छ । राजयोग आँखा खोलेर गरिन्छ, त्यसैले यो अभ्यास सरल र सजिलो छ । योग एक यस्तो अवस्था हो, जहाँ हामी आफ्नो दैनिक चिन्ताहरू भन्दा पर जान्छौं र हामी हाम्रो आध्यात्मिक सशक्तिकरण शुरू गर्दछौं । यो प्राचीन राजयोग अभ्यासले प्राकृतिक शक्तिहरूलाई सुसज्जित बनाउँछ र हाम्रो दिमागलाई आफ्नो मित्र बनाउँदछ । यसले सवकन्सस माइण्डलाई शक्तिशाली बनाउँछ । तनाव व्यवस्थापन गर्दछ र स्वस्थ राख्दछ । क्रोध व्यवस्थापन हुन्छ । जीवनमा आशावादी बन्न सिकाउँदछ,सम्बन्धमा सुमधुरता ल्याउँदछ । कर्ममा कुशलता,व्यवहारमा शालीनता प्रदान गर्दछ । यसले सम्पूर्ण विश्वलाई एक परिवारका रूपमा हेर्न सक्ने विशाल मन, मस्तिष्कको विकास हुन्छ । ओम् शान्ति !
लेखक डिभिजन वन कार्यालय, दाङका अधिकृत एवं एक आद्यात्मिक अभियन्ता हुन् ।