क्वारेन्टाइन ब्यबस्थित गर्न माग गर्दै धर्ना

घोराही,११ जेठ । घोराही उपमहागनरपालिका– सौडियारका स्थानीयले क्वारेन्टाइन व्यवस्थित गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

माध्यामिक विद्यालय सौडियारमा रहेको क्वारेन्टाइन ब्यबस्थित गर्न माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएपछि वडा अध्यक्ष खोपिराम चौधरी ब्यबस्थित गर्ने प्रतिवद्धता जनाएका छन ।

क्वारेन्टाइन न भद्रगोल भएको भन्दै स्थानीयले व्यवस्थित गर्न माग सहित आन्दोलनमा उत्रिएपछि वडाध्यक्षले व्यवस्थित गर्ने प्रतिवद्धता जाहेर गरेका हुन । स्थानीयहरु आइतवार बिहानैदेखि वडा कार्यालयमा धर्ना दिन आइपुगेका थिए । करिब २ सय जना स्थानीयहरु क्वारेन्टाइन व्यवस्थित गर्न मागसहित धर्ना दिन आएका थिए ।

स्थानीयले क्वारेन्टिनमा स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मी, एम्बुलेन्सको ब्यबस्थापन हुनपर्ने, धेरै मानिस ल्याएर हुल्नु भन्दा त्यसमा सुविधाहरु थप्नुपर्ने माग गरेका छन् ।