दिप्तीशिखा चौधरी
दंगीशरण, ११ जेठ । दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा एकै दिन १३ जनालाई भर्ना गरिएको छ । उनीहरुमध्य कोहि बाहिर जिल्ला र कोहि भारतबाट आएकालाई एम्बुलेन्समार्फत ल्याएर क्वारेन्टाईनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिएका छन् ।
क्वारेन्टाईनमा भर्ना गरिएकाहरुमा दंगीशरण गाउँपालिका– ७ रजपलका १८ बर्षका एक पुरुष उनी वुटवलदेखी आएका छन । त्यसै गरी वडा नं. २ सिमलकुनाका ५२ बर्षका पूरुष महोत्तरी विर्तामोड आएको हुन् ।
उनी त्यहाँको क्वारेन्टाईनबाट भागेर आएको ईलाका प्रहरी कार्यालय हेकुलीले जनाएको छ । त्यस्तै दंगीशरण– ५ मौलीका एकै घर परिवारका २० बर्षीया, १५ बर्षिया पूरुष , डेढ बर्षीया बच्चासहित १८ बर्षकी महिला, ४८ बर्षीय एक महिला गरि एकै घर परिवारका ५ जना बारा कलैयादेखि आएका छन ।
त्यस्तै वडा न. ६ प्रसडुवाका ५४ बर्षीय, २० बर्षीया र १५ बर्षीया पुरुष सर्लाहीबाट आएको खुलेको छ । त्यस्तै दंगीशरण ७ बुट्टीपुरका ३८ बर्षिया र २४ बर्षिय पुरुष उत्तर प्रदेश भारतबाट आएको खुलेको छ भने दंगीशरण गाउँपालिका वडा न १ बाँकिका १९ बर्षका एक पुरुष दिल्लीदेखि आएको स्वास्थ्य शाखा प्रमुख गिरीले जानकारी दिएका छन । क्ववारेन्टाईनमा १३ जना थप भएपछि अहिले जम्मा १८ जना पुगेका छन् ।
बाहिरबाट आउँने नागरीकहरुको सख्ंया दिनानुदिन बढेमा दंगीशरणका क्वारेनटाईन अपुग हुने भन्दै क्वारेन्टाईनको संख्या बढाईने गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । कामको शिलशिलामा बाहिर गएका नागरीकहरु घर फर्कने भन्दै सम्पर्कमा आएपछि उनीहरुलाई सतर्कता पूर्वक ल्याई क्वारेनटाईनमा राख्ने काम भईरहेको अध्यक्ष चौधरीले बताए । अहिले दंगीशरणको विरेन्द्र मा।वि।मा २५ बेडको क्वारेन्टाईन स्थापना गरिएको छ ।।