हेमराज शर्मा
दाङ, ११ जेठ । बन गस्ती टोलीले बदेलका तीन वटा पाठापाठीको उद्दार गरेको छ ।
डिभिजन कार्यालय दाङ र सवडिभिजन वन कार्यालय बिजौरीबाट नियमित टूर गस्तीका सिलशिलामा विजौरी सव डिभिजन वन कायालयको कार्य क्षेत्र अन्तर्गत पर्ने तुलसीपुर उपमहानगरपालिका वडा नं १३ स्थित जनकल्यान सामुदायिक वन क्षेत्रबाट वँदेलका २ वटा पाठा र १ पाठी उद्धार गरेको हो ।
उद्दार गरिएको बदेलका पाठापाठी डिभिजन वन कार्यालय घोराही दाङमा ल्याईएको सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिएका छन ।
यसैगरी घोराही उमनपा वडा न १५ पानी टंकी नजिकबाट स्थानियहरुले किंग कोब्रा सर्प देखेर उद्धारका अनुरोध गरेकोमा डिभिजन वन कार्यालयबाट गएको सशस्त्र वन रक्षक टोलीले उक्त कोब्राको जिवितै उद्धार गरी धर्नाको जंगलमा लगी छाडिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।