घोराही,११ जेठ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रतिष्ठानकी उपकुलपती प्रा.डा संगीता भण्डारीले पिपिर्इसहित मास्क, सेनिटाइजर र पञ्जा स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोका क्षेत्री आइतवार हस्तान्तरण गरेकी हुन ।
उपकुलपती भण्डारिले प्रदेशका छिमेकी जिल्लाका स्वास्थ्य केन्द्रको सुधारसगै समन्वय गर्ने प्रतिष्ठानको जिम्मेवारी अनुसार स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको बताएकी छिन । छ्लफलका क्रममा कोरोना संक्रमित र आइसोलेसन ब्यबस्थापनमा छलफल भएको उपकुलपति भण्डारीले जानकारी दिएकी छिन । त्यस अवसरमा प्रतिष्ठानका चिकित्सक र नगरपालिकाको स्वास्थ्यकमीको टिमबिच कोरोनाको ब्यबस्थापनको बारेमा छलफल भएको हो ।
प्रतिष्ठानले नगरपालिकामा कोरोना बिरामीको उपचारका लागि थप सहयोग चाहीएमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताइन । क्वारेन्टाइनको स्वाब पठाउनका लागि उपलब्ध गराएको र आबश्यक परे अरु पनि उपलबध गराउन पहल गर्ने बताइन ।
नगर प्रमुख रोकाले प्रतिष्ठानकि उपकुलपती आफै आएर कोरोना विरुद्ध नगरपालीकाले गरिरहेको काम कारबाही बारे बुझि दिएकोमा धन्यवाद दिदै स्वास्थ्य सुरक्षा सामग्रि पनि सहयोग गरेकोमा आभार व्यक्त गरेका छन ।
उपकुलपती भण्डारिले प्रतिष्ठान दाङको मात्र नभइ प्युठानको पनि भएको भन्दै प्रतिष्ठान साझा सम्पत्ति पनि भएकाले आफुहरु कोरोनाको बेला सेवा क्षेत्रमा अनुगमन गरेर सहजिकरण गर्न खोजेको र केहि आबश्यक सहयोग गर्नु परेमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको नगर प्रमुखले जानकारी दिएका छन । कोरोनाको पिसिआर परिक्षणमा जोड दिन पनि उपकुलपतिले आफुहरुलाई भनेकाले अब सोहि अनुसार पिसिआर परिक्षणका लागि यहाबाट स्वाब पठाउने उनले बताए ।
त्यस अवसरमा उपकुलपती भण्डारीले त्यहाको स्वास्थ्य चौकी, क्वारेन्टाइन रहेको स्थान, हेल्प डेस्कको निरिक्षण गरेकी थिइन । उपकुलपती भण्डारीले निरिक्षणका क्रममा बिभिन्न स्वास्थ्य समस्याहरु पाइएको भन्दै कोरोनाको महामारीपछि आफुहरुले बिशेष चासोका साथ त्यहा स्वास्थ्य शिबिर सन्चालन गर्न आश्वासन दिएकी छिन ।
प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजेन्द्र पौडेलले प्रतिष्ठानका चिकित्सक र यहाका स्वास्थ्यकर्मि बिचमा कोरोनाको ब्यबस्थापनको बिषयमा छलफल भएको बताए ।
यसअघि प्रतिष्ठानले सल्यानको कपुरकोट, रोल्पाको होलेरि स्वास्थ्य चौकिसग कोरोनासग सम्बन्धित सहयोग र समन्वय गरिसकेको प्रतिष्ठानले जनाएको छ ।
जानकारी दिएको छ ।